मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ।
गीतमा अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक र रोमान्टिक रूपमै प्रस्तुत गरिएको छ।

गीतमा प्रताप दास र बबीना किराँतीको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत भीम बस्नेतले तयार पारेका हुन्।
चलचित्रका लेखक तथा निर्देशक भीम लामा हुन्, जसले यसमार्फत नेपाली समाजमा पहिचान, आत्मसम्मान र संघर्षको कथा उजागर गर्ने प्रयास गरेका छन्।

चलचित्रमा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पाण्डित, किशोर सम्बाहाम्फे, रोशन शर्मा, सुवास योन्जन, परसुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट, कविता राई, छिरिङ लामा, नविन मेन्याङ्बो लगायत कलाकारको दमदार उपस्थिति रहेको छ।

त्यस्तै पबी तेम्बे, वर्षा राजभण्डारी तामाङ, सुदीप लिम्बु, दामोदर सापकोटा, अम्बिका ढकाल, कृष्ण नेपाल, शिव भट्टराई, एल.एन. गच्छदार, गंगा कुँवर, रमेश कटुवाल, मदन बहादुर राई, मोहन लोप्चन, शर्मिला तामाङ र सीता नोरगेन तामाङको पनि अभिनय रहेको छ।

चलचित्रको छायांकन मदन कश्यप घिमिरे, सम्पादन र कलर ग्रेडिङ रमेश डी. कौसिक, एक्सन निर्देशन देवकुमार महर्जन, र कोरियोग्राफी मणिकुमार लिम्बु र सानु राजा थेगिमले गरेका छन्।
संगीतमा बलराम समाल, भीम बस्नेत, दीप्सन लिम्बु, शेखर थापा र सागर तामाङको पनि योगदान छ।

चलचित्रका निर्माता भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ हुन्।
सह–निर्देशक बुद्धिमान तामाङ र प्रविन किराती, कला निर्देशक सुजन महत, मेकअप आर्टिस्ट अशोक मण्डल, प्रोडक्सन म्यानेजर मोतीराम थापा, र को–डाइरेक्टर रमेश डी. कौसिक रहेका छन्।

तपाईको प्रतिक्रिया