- महेश भट्टराई

काठमाण्डू । मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाण्डू निर्वाचन क्षेत्र नं. १ हो । आसन्न फाल्गुन २१ गतेको आम निर्वाचनमा काठमाण्डू क्षेत्र नं. १ बाट संघिय सांसदको लागि स्वतन्त्र उम्मेदवारको रुपमा राजानन्द माण्डव्यले आफुलाई अगाडि बढाउनु भएको छ।

राजानन्द माण्डव्यले नेपालमा राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस साथै राष्ट्रिय झण्डा दिवसको संस्थापकको रुपमा आफुलाई स्थापित गराईसक्नु भएको छ।

राष्ट्रिय बिभुतीहरुलाई पुनर्जागरण अभियान, गौ संरक्षण अभियान लगायतका दर्जनौ सामाजिक संस्थाहरुमा उहाँ सक्रीय भुमिकामा हुनुहुन्छ। उहाँको चुनाब चिन्ह क्याल्कुलेटर हो भने मुल नारा “अब भावनाले हैन हिसाबले देश बन्छ” रहेको छ।  गत स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको प्रमुखका लागि पनि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

यस पटकको निर्वाचनमा सो क्षेत्रबाट एमालेका मोहनराज रेग्मी, नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीका मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रन्जु दर्शना (न्यौपाने), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रको उम्मेदवारी परेको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालबाट प्रकाश नायजु, नेपाल मजदुर किसान पार्टीबाट रमिला ज्याख्व (सुवाल), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सविन सिग्देल, श्रम संस्कृति पार्टीका समिर लामा तामाङ, मितेरी पार्टी नेपालबाट राजकुमार लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का धनराज शाही, उज्यालो नेपाल पार्टीबाट मङ्गलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी, नेपालबाट इन्द्रप्रसाद श्रेष्ठ र नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ ।

समावेशी समाजवादी पार्टीका सुरेन्द्र पाण्डे, जनादेश पार्टी नेपालका कमल सुवेदी, स्वतन्त्र उम्मेदवार कमल कोइराला, राजु भुजेल, शम्भु पोखरेल, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी, असिममान सिंह बस्न्यात, किरण शाह, कुमार शाही, राजकुमार बजगाई, शान्ति श्रेष्ठ, कुशल खत्री, सङ्गीत बम्म र रमेशप्रसाद जोशी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

काठमाण्डू क्षेत्र नम्बर -१ (संसदीय निर्वाचन क्षेत्र) मा काठमाण्डू महानगरपालिकाका वडा नं. १०, ११, २९ र ३१ त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, बबरमहल, अनामनगर, बिजुलीबजार, नयाँ बानेश्वर, मीनभवन, शान्तिनगर, भिमसेनगोला आदि पर्छन् ।

यस क्षेत्र नम्बर १ मा जम्मा मतदाता ४८,८४९ जना रहेका छन् । जसमध्ये महिला २५,२५२ जना र पुरुष २३,२३७ जना मतदान रहेका छन् । काठमाण्डूका १० क्षेत्रमा २५४ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया