विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा जारी अन्तर हाउस फुटबल टुर्नामेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै कक्षा ७ का सुमन पुरी, कक्षा ८ का आयुष चौधरी र कक्षा ९ की आश्ना सेढाई प्लेयर आफ द टुर्नामेन्ट बन्न सफल हुनुभएको छ । उहाँहरु आज सम्पन्न फाइनल खेलहरुमा आ–आफ्नो समूहमा उत्कृष्ट प्रदर्शन गर्दै उक्त उपाधी प्राप्त गर्न सफल हुनुभएको हो । आज सम्पन्न कक्षा ६ र ७ को समूहको फाइनल खेलमा मेचीलाई १ का विरुद्ध ४ गोल गर्दै कोशीले उपाधी जितेको छ । जसका लागि कक्षा ६ का रितिक यादवले १ तथा कक्षा ७ का पल पोखरेल, हिमाल सागर आचार्य र सुमन पुरीले समान एक एक गोल गर्नुभयो । मेचीका लागि एक मात्र गोल कप्तान आरभ घिमिरेले गर्नुभयो । उक्त खेलबाट प्लेयर अफ द टुर्नामेन्ट सुमन पुरीले प्राप्त गर्नुभएको हो ।
यसैगरि कक्षा ८ र ९ को समूहको फाइनल खेलमा गण्डकी हाउसले मेची हाउसलाई शुन्यका विरुद्ध तीन गोल गर्दै जित निकाल्यो । गण्डकीका लागि कक्षा ८ का आयुष चौधरीले २ र कक्षा ८ का सामर्थ पाठकले एक गोल गर्नुभयो । उक्त खेलबाट आयुष प्लेयर अफ द टुर्नामेन्ट हुनुभएको हो ।
आजै सम्पन्न छात्रा तर्फको फाइनल स्पर्धामा मेची हाउसलाई ३ गोल गर्दै कोशीले उपाधी जित्यो । कोशीका लागि कक्षा ९ की आश्ना सेढाईंले २ गोल गर्दा कक्षा ७ की दिब्यांसी कटुवालले १ गोल गर्नुभयो भने मेचिका लागि कसैले गोल गर्न नसकेको विद्यालयकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा ढंगोलले जानकारी दिनुभयो । विजयी खेलाडीहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरी तथा भाई प्रिन्सिपलद्वय टी एन भण्डारी र कुन्दन पुरीले ट्रफी तथा मेडलहरु प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया