नेपाली चलचित्र ‘आ बाट आमा’ले अभिनेता पल शाहको करिअरमा नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारसम्मको बक्स अफिस विवरणअनुसार फिल्मले १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै उनको दोस्रो धेरै कमाउने फिल्म बन्न सफल भएको हो।

चलचित्र विकास बोर्डअन्तर्गत ‘सिनेमा २ बक्सअफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदर्शनको केही सातामै फिल्मले उल्लेखनीय व्यापार गर्दै १० करोडको मनोवैज्ञानिक आँकडा पार गरेको जनाएको छ। पारिवारिक कथावस्तु र आमाप्रतिको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

फिल्ममा पल शाहको अभिनयलाई विशेष रूपमा प्रशंसा गरिएको छ। उनी अभिनीत अघिल्ला सफल फिल्महरूमध्ये ‘नाइँ नभन्नू ल ४’पछि ‘आ बाट आमा’ उनको करिअरको दोस्रो उच्च कमाइ गर्ने फिल्म बनेको हो। निर्माण पक्षले दर्शकको साथ र माया नै फिल्मको सफलताको मुख्य आधार भएको प्रतिक्रिया दिएको छ।

तपाईको प्रतिक्रिया