काठमान्डौँ , माघ २४
युवा प्रतिभावान गायक प्रमोद डिजीको आधुनिक गीति सपना युटुव मार्फत सार्वजनिक भएको छ । कविता खत्रिको शब्द तथा संगीत रहेको गितको भिडियो देवि म्युजिक सोलुसनको आधिकारिक युटुव मार्फत बजारमा आएको हो । उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । सागर गौतमद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको विचलनलाई चित्रण गरिएको छ । भोगाई र मानिसभित्रको पिडालाई भुल्नको लागी धेरैको यथार्थ भागाईलाई गितमा समेटिएको गायकले बताएका छन । गितको एरेन्ज पुष्कर सुनवारले गरेका हुन । म्युजिक भिडियोमा रमिला र आयुशले अभिनय गरेका छन् । सपना भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया