माघ २९, काठमाडौं ।विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिव कुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश ‘हुन्छु म ‘ बोलको भिडियो सार्वजनिक भएको छ । गायक संजिव कुमार पौडेलको स्वरको नयाँ गित लोक पप शैलिमा गाइएको छ ।नारायण कडेँलको शब्द तथा रेखा पौडेलको को संगीतको सो गितलाई सबै दर्शक तथा स्रोताले मन पराउने गायक सन्जिबले बताए ।

विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा लाई विल्कुलै नयाँ शैलिबाट आफुले तयार पारेको निर्देशक काजिशले बताए । गितको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन । म्युजिक भिडियोमा करिश्मा ढकाल र काजिश श्रेष्टले अभिनय गरेका छन् । ‘हुन्छु म ‘ भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।

हेर्नुहोस म्युजिक भिडियोः

तपाईको प्रतिक्रिया