काठमान्डौ , माघ २९
दर्शक–श्रोताहरुको रुचि सँगै नेपाली सांगीतिक बजारमा पनि गीतको भिडियोको शैलीमा विविधता आउन थालेको छ । अहिलेको समयमा कभर गीतको प्रचलन निकै बढेको छ । दर्शक तथा श्रोताहरुले गीतलाई कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने मापनको एक माध्यम बनेको छ कभर गीत ।

साहित्यका विभिन्न विधाहरुमा कलम चलाएर आफूलाई स्थापित गरिसकेका विपिन मर्म नेपाली सांगीतिक माहौलमा पनि आफ्नो पहिचानको लागि निरन्तर संघर्षरत छन् । गीत मार्फत नै केही अवार्ड हात पारिसकेका गीतकार मर्म यसपालि “माया ले…” बोलको निकै नै मार्मिक आधुनिक गीत लिएर आएका छन् । तिम्रो सधैँ राम्रो होस् भन्ने भाव समेटिएको छ गीतमा ।

गायक सागर अधिकारी “शरद” को आवाजमा रहेको उक्त गीतको संगीत विपिन घिमिरेले गरेका छन् । म्युजिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । रोहित विक्रम कार्कीको छायाङ्कनमा बनेको स्टुडियो कभर गीतको सम्पादन सुरेश राउतले गरेका छन् । उक्त स्टुडियो कभर गीत सङ्ग्स् नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हाल स्टुडियो कभरमा सार्वजनिक गीतको म्युजिक भिडियो समेत चाँडै नै निर्माण गर्ने योजना रहेको गीतकार मर्मले जानकारी दिएका छन् ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया