राजु बोहरा–काठमाडौँ ।

पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धिको लागि बिभिन्न अनलाइन दोहोरिहरुले पनि निकै ठुलो भूमिका खेलेको हामि पाउँदछौं । जब स्वदेश बाट विदेश कुनै रोजगारीको सिलसिलामा पुगिन्छ भने यस्ता अनलाइन दोहोरीले पनि सारा पिर व्यथा भुलाउन महत्वपुर्ण भूमिका खेलेको हुन्छ । सोहि क्रममा यसरीनै संचालनमा रहेको फुर्सदको चौतारी नामक एक अनलाइन दोहिरिको समायोजनमा फुर्सदको चौतारी बोलको गीत सार्बजनिक भएको छ । श्यामलाल कंडेल र देवी घर्तीको सुमधुर स्वर लहरिले सजिएको यस गीतलाई लय श्यामलाल कंडेल र शब्द रोजिना लिम्बुको रहेको छ । हामी बिस्वको जुन सुकै कुना कन्दरामा रहे पनि आफ्नै कला संस्कृति र मौलिक परम्परालाई जगेर्ना गर्नु हामी आफ्नै जिम्मेवारी हो भन्ने मनसायको साथमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा करिश्मा ढकाल र मिलन गुरुंगको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया