राजु बोहरा–काठमाडौँ ।
देशमा भएको युवा स्वरोजगार र आफ्नो पारिवारिक समस्याको कारण पछिल्लो समयमा कयौं नेपाली बिदेशिन बाध्य बनिरहेका छन् । हो यस्तै पेरिफेरिमा रहेर तुलसी राना मगरको वास्तविक कथामा आधारित एक निकै मन छुने लोक दोहोरी गीत बजारमा आएको छ । हामीले उनको वास्तविकतालाई भित्रि रुपमा कोट्याउन चाहेनौं तर पनि तुलसी आफ्नो पारिवारिक समस्याको कारण पर्देशिन पुगेको जानकारी हामीलाई गराएकी छिन् । “निष्ठुरी गरेनौ केहि वास्ता” नामको साथमा बजारमा मेलमिलाप डिजिटल प्रालिले सार्बजनिक गरेको प्रस्तुत गीतमा श्यामलाल कंडेल र मुना बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय अर्जुन बि.सी ले तयार परेकी हुन् भने शब्द तुलसी राना मगर को रहेको छ । निकै मन छुने स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा तुलसी राना मगर र आरएन पुडासैनी को जिबन्त अभिनय रहेको छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया