भीमदत्तनगर,  । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा गायक देवराज भटटले आफनो प्रस्तुति दिएका छन । “कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा विकास, समृद्ध ७ नम्बर प्रदेशको आधार” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा आफनो प्रस्तुतिलाई धेरैले मन पराएको गायक भटटले इन्टरटेन्मेन्ट खवरलाई बताए । दश दिनसम्म चल्ने महोत्सवमा विभिन्न वस्तुभाउ, अटो मोबाइल, स्थानीय परिकार, यहाँको कृषि प्रदर्शनी समेत गरी १५० स्टल राखिएका छन् । केही दिनअघि कञ्चनपुर उद्योग वाणिज्य संघकै आयोजनामा भारतको देहरादुनमा समेत अन्तरराष्ट्रिय व्यापार मेलासमेत सम्पन्न भएको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघले डेढ दशकदेखि यहाँ महोत्सव आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया