राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत केहि समय यता क्रियासिल सर्जक अनिल खनालले यस क्षेत्रमा कहलिएका सर्जकहरुलाई आश्चर्य चकित पार्दै एक गीतको सृजनालाई भर्खरै बजारमा पस्किएका छन् । उनको यो सिर्जना सुनिसके पछी धेरै कलाकारहरुले यो भर्खरै यस क्षेत्रमा प्रवेश गरेको भाईले पनि यति मिठो सिर्जना गर्छ र भन्ने कौतुहलता भएको छ । तर हुने बिरुवाको चिल्लो पात भने जस्तै अनिलको सृजनामा पहिले आएका गीत संगीतले पनि धेरै श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेको छ । अनिल कै प्रस्तुतिमा बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको “एउटा पत्र” बोलको गीतलाई पनि पहिले जसरी सबैले मन पराइदिनु भयो उसैगरी यस गीतलाई पनि आफ्नो उच्च रोजाइमा राखिदिनु हुने छ भन्ने उनले विश्वास ब्यक्त गरेका छन् । कुलेंद्र बिस्वकर्मा र देवी घर्तीको सुमधुर स्वर लहरिले सजिएको प्रस्तुत गीतमा लय शब्द अनिल खनाल कै रहेको छ । निकै मनछुने भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा आशा खड्का र सरोज खतिवडाको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन बिनोद बमले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया