विराटनगर , फागुन ११
नेपाली लोक तथा दोहोरी गीत संगीतमा एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन ।आफनै गाउँघर मेला पात र ग्वाला जादाँको भोगाईलाई समेटेर बजारमा विभिन्न गितसंगितहरु आइरहेका छन । मानिसका भावना भित्रका पिरलाई शब्दचित्रको माध्यमबाट ब्यक्त गर्नको लागी गायक गायिकाहरुले आफना श्रोताहरुलाई आफनो आवाजमा कालजयी गितहरु तयार पार्ने गर्दछन । प्रियसी म्युजिकं प्रालीले बजारमा ल्याएको “स्वर्ग जाने बाटो खोज्दै छु ” बोलको गीतलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराएको गायक कमल ज्योतिले बताएका छन ।जिवनका पिडालाई गायिका देवि धर्ति र कमल ज्योतिले सुमधुर आवाजमा सजाएका छन । गीतको म्युजिक भिडियोलाई निकै मार्मिक रुपमा अत्यन्त आकर्षक तरिकाले बनाइएको छ । सुसन श्रेष्ठ र तिर्थ गोरखालीको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । कमल ज्योतिको संगित गितमा रहेको छ । भिडियोमा आशा खड्का , बसन्त र विरेन्द्रको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन कार्किले गरेका हुन् भने छायांकन मुकेश हुमागार्इँ र सम्पादन मिलन कार्किले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया