काठमाडौं । रेशम बोहोराको कथा तथा निर्देशनमा तयार भएको नेपाली सामाजिक चलचित्र नरह्यो बाँस नबज्यो बाँसुरी युट्युवमा सार्वजनिक भएको छ । सप्तरंगी संसार युट्युव च्यानल मार्फत आएको उक्त चलचित्र करिब दुई वर्षको प्रतिक्षामा दर्शकहरु माझ आएको हो ।

यो अवधिमा चलचित्रका दुई जना पात्रको समेत मृत्यु भइसको छ । कुनै समयका निकै चर्चिच लोक दोहोरी गायक सागर बोहोराको समेत चलचित्रमा मुख्य भुमिका रहेको छ तर उनी यतिबेला हामी माझमा छैनन् त्यसैगरी ब्लड क्यान्सरबाट पीडित विशाल बोहोराको पनि मृत्यु भइसकेको छ भने उनको पनि यस चलचित्रमा भुमिका रहेको छ ।

बागलुङ्ग तथा गुल्मी जिल्लाका रमणिय स्थानमा छायाँङ्कन गरिएको चलचित्रमा विशेष गरी स्थानीय कलाकारहरुको बाहुल्यता रहेको छ भने सुर्य बोहोरा, सागर बोहोरा सर्मिला बिसी टेकेन्द्र बोहोरा, रिम सुनार ओम प्रकास, सुशिला घतान आदि कलाकारहरुको निकै सुन्दर अभिनय रहेको छ ।

मोवाइल सम्बन्धी नेपाली समाजको वास्तविक कथालाई चलचित्रमा उतारेका निर्देशक रेशम बोहोराको अघिल्लो चलचित्र मोवाइलले युट्युवमा झण्डै २३ लाख दर्शक पाएको छ भने यो चलचित्रले पनि दर्शक पाउने निर्देशक रेशम बोहोराको अपेक्षा छ ।

एउटा परिवारको निकै दर्दनाक कथालाई चलचित्र बाँसुरीमा उतारेको बताउने बोहोरा आफै पनि एउटा भुमिका सम्हालेका छन् ।

चलचित्रलाई अहिलेका व्यस्त क्यामेरामेन सागर गौतमले खिचेका हुन भने संगीत सुर्य बोहोराको रहेको छ दुई वटा गीत रहेको छ भने उक्त गीतमा शिला बि.क, सुवास नेपाली र कुमार अभीको स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया