चलचित्र निर्माण हुनुपूर्व नै चर्चा कमाएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टोली प्रचारप्रसारको लागि मोफसल यात्रामा निस्किएको छ ।

हेटौँडा, चितवन, बुटवल हुदै पोखरा आइपुगेको टोलीमा हरिवंश आचार्य, किरण केसी, दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा, दीपक अधिकारीलगायत छन् ।

कलाकार दीपाश्री निरौलाले भनिन्, “चलचित्रमा प्रायः सबै उमेर समूहका कलाकारहरूको सम्मिश्रण छ । त्यसैले यो चलचित्रले नारायणगढसहित देशैभर ब्लास्ट गर्नेछ ।”

चलचित्र हेर्न दर्शकलाई हलसम्म तान्ने उपाय निकाल्दै उनीहरू देश दौडाहा गर्दै चितवन आइपुगेका हुन् । चलचित्रमा तीनपुस्ताका कलाकारहरूको जमघट रहेकोले तीनैपुस्ताका दर्शकका लागि चलचित्र तयार भएको चलचित्रका निर्मातासमेत रहेका कलाकार किरण केसीले जानकारी दिए ।

यो भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया