साहित्यकार सीता विष्टका तीन वटा कृति सार्वजनिक भएका छन् । काठमाडौंको बालाजुमा आयोजित कार्यक्रममा विष्टका समयका छाल हाइकु सङ्ग्रह ,स्पर्श भाव मुक्तक सङ्ग्रह र सङ्घर्षको मैदान गजल सङ्ग्रह विमोचन गरिएको हो। कार्यक्रममा प्रा.डा गार्गी शर्माको प्रमुख आतिथ्यतामा रहेको विशिष्ठ अतिथि डा. घनश्याम परश्रमी हुनु हुन्थ्यो । समय छाल हाइकू संग्रहमा कविता लेख्न, कलम खोज्दै छु नि, पोखिय मसी लगायत ३८ वटा हाइकू छन् । स्पर्ष भावमा १९ वटा मक्तक छन् । संङ्घर्षको मैदान गजल संग्रहमा ५० वटा गजल समावेश गरिएको छ । तीनवटै साहित्यिक संग्रम गौरी पब्लि रिलेसन एन पब्लिकेसनले प्रकाशित गरेको हो । पाल्पा डबकामा जन्मनु भएकी विष्टको यसअघि आँसुका फल, संघार नाघेको उज्यालो, मीना, स्पर्श लगायतका कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया