आर पोखरेल , काठमान्डौँ, चैत ५
मेशना डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायिका विष्णु माझी र गायक मोहन खड्काको आवाजमा यसै हारी गए सोमबारबाट युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश गरेर सम्वोधन गरेको छ । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा राकेश नेपालीले शव्द सिर्जना मार्फत गरेको छ । माया गरेको आफनो मायालुले बाध्यताले पराइको बन्दा बन्दा प्रेमीकाले आफनो प्रेमीलाई सुखी खुशी हुन र आफनो अभावमा नतड्पन आग्रह गरेका छन । पिडालाई आफुलाई खनाएको मा भने उनले आक्रोस शब्दको माध्यमबाट गरेका छन । हार जितको जिवन नै सधर्ष र सफलता रहेको सन्देश गीत मार्फत दिइएको छ । ज्यादै मार्मिक गीतमा अमित बाबु रोकायले निकै मनछुने लय सिर्जना गरेका छन । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । विमल अधिकारी र सपना के.सीको अभिनय रहेको सो गीतमा कपिल लामाले निर्देशन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया