आर पोखरेल , चैत्र ८, काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ । प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा गोरखा चौतारी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इस्लाम मियाँको लोकदोहोरी गीत मसानधाट बाजारमा आएको छ ।

गीतमा इस्लाम मियाँ र देवी धर्तिको सुमधुर आवाज रहेको छ । आफुलाई माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा समेटिएको छ । मसान घाटमा इस्लाम मियाँको शब्द तथा संगित रहेको छ । पछिल्लो समय चर्चामा रहेका निर्देशक काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् ।श िसुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन रहेको भिडियोमा इस्लाम मियाँ र सञ्चिता शाहीको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया