राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक सांगीतिक स्वाद आउने क्रममा पछिल्लो पटक सिन्धुपाल्चोक का एक प्रतिभावान सर्जक तथा गायक इश्वर सापकोटाको “तीनपाने” बोलको गीत पनि भर्खरै बजारमा आएको छ । उनले यस अगी पनि केहि गीतहरु बजारमा ल्याएर अशंख्य संगीत पारखिहरुको मन जित्न सफल भैसकेका छन् । भर्खरै मात्र इस्वरको प्रस्तुतिमा परदेशीहरुको यथार्थता संग सम्बन्धित “झल्को आउँछ” बोलको गीतले पनि उनलाई थप सांगीतिक उचाइमा पुर्याउन सफल भएको थियो ।

अहिले पछिल्लो पटक बजार आएको इश्वरको “तिनपाने” बोलको गीतमा इश्वर सापकोटा र जानुका थापाको सुमधुर स्वर सुन्न सकिन्छ । निकै रोमान्चक भाव लहरिले बुनिएको यस गीतलाई इश्वर सापकोटा र जानुका थापाले शब्द तयार पारेका हुन् भने लय इश्वर सापकोटाको रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा सुरेन्द्र कुमार दाहाल, करिश्मा ढकाल लागएत साथीहरुको अभिनय रहेको छ ।

एक परिवारको सदस्य मदिरा पानको कुलतमा लागेर दिनप्रतिदिन बिग्रिदै गएको अवस्थामा जुवा तास र भट्टी को कारण धनको नास र जिबनको बनबास हुन्छ भन्दै समाजमा सकारात्मक संदेश फैलाउन खोजेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापा ले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया