थिस्अल, गर्मी मौसममा फुल्ने अमेरिकी फूल हो, जसलाई धेरैले मन पराउँछन् । सिंगापुर तथा बेलायतमा बसेका रमेश बस्नेतले त्यही नाममा माइतीघर मण्डलास्थित मण्डला भवनमा रेस्टुराँ सञ्चालनमा ल्याएका छन् । यो रेस्टुराँले छोटो समयमै राम्रो बजार लिइसकेको छ । अन्यत्रभन्दा फरक स्वादका परिकार तथा वातावरणका कारण सामान्य मानिसदेखि सेलिब्रिटीहरूलाई सम्म तान्ने गरेको छ यो रेस्टुराँ । रेस्टुराँ क्षेत्रमै लामो अनुभव बटुलेका सञ्चालक बस्नेतले काठमाडौंका अन्य रेस्टुराँमा पाइने मेनुभन्दा फरक मेनु प्रस्तुत गरेका छन् । ‘केही विशेष परिकार हाम्रो रेस्टुराँमा मात्र पाउनुहुन्छ ।’

बस्नेत भन्छन्, ‘काठमाडौंको मुख्य केन्द्रमा भएकाले यो रेस्टुराँलाई भेटघाटको थलो बनाउन पनि सजिलो छ ।’ क्रिप्सी चिकेन मम, बफेलो विङ्स, मुस्ताङ आलु, पेरीपेरी चिकेन विङ्स, क्रिप्सी मम, हिमालयन चिज फिङगर, इटालियन फोकासे विद् मिक्स भेजेटेबल यहाँका केही विशेष परिकार हुन् । १ सय ५० वटा परिकार पाइने यो रेस्टुराँमा फ्रेन्च, इटाली तथा क्यालिर्फोनियाबाट आयात गरिएका पेय पदार्थ पनि उपलब्ध छन् । एक पटकमा ६५ जनासम्मलाई सर्भ गर्ने क्षमता राख्ने यो रेस्टुराँमा जन्मदिन, विवाहको वार्षिकोत्सव, कर्पोरेट तथा व्यापारिक मिटिङहरू समेत गर्न सकिन्छ ।

स्थान : माइतीघर मण्डला

स्पेशल परिकार : बफेलो विङ्स, मुस्ताङ आलु, पेरीपेरी चिकेन विङ्स, क्रिप्सी मम, हिमालयन चिज फिङगर आदि

 

तपाईको प्रतिक्रिया