भनिन्छ, प्रेममा जातभात रुप, रंग आकार र संस्कृति लगायतका कुरा बाधक बन्छन् । यस्ता कुराले आ-आफ्नै सिमा निर्धारण गरेको हुन्छ ।

त्यसैले होला प्राय पुरुषले आफुभन्दा कम उमेरको महिलासंग विवाह गर्न मन पराउछन् । घरको मुख्य व्यक्ति पनि पति अर्थात पुरुष नै हुन्छ ।

यसको वास्तविकता के हो त्यो भने भोग्नेलाई मात्र थाहा होला । तर समय र परिस्थितीसंगै प्रेमको अनुमान तथा प्रेम गर्ने तरिका पनि बदलिएको छ ।

अव पुरुषले आफुभन्दा सानो उमेरको महिला नभई आफुभन्दा बढि उमेरको महिलासंग प्रेम गर्न मन पराउछन् ।

स्वदेश होस् या विदेश यस्ता धेरै जोडिहरु छन्, जसले आफुभन्दा बढि उमेरको महिलासंग प्रेममा परेको भेटिन्छ । यस विषयमा पुरुषको सोच परिवर्तन हुनुको खास कारण के हो त ?

आफू भन्दा बढी उमेरको महिला रोज्नुको कारण

१. तुलनात्मक रुपमा महिलाहरु बढि जिम्मेवार हुन्छन् । बढि उमेरको महिला बढि अनुभवी र समझदार हुन्छिन् । बढि आत्मविश्वासी हुनुका साथै कुनैपनि कुराको निर्णय लिनमा महिला सक्षम हुन्छन् । त्यसैले पुरुषले आफुभन्दा पाको उमेरको महिला रोज्छन् ।

२. पुरुषभन्दा बढि उमेरको महिला प्राय पुर्ण रुपमा स्वतन्त्र र आत्मनिर्भर हुन्छन् । सामान्यतया महिला कामप्रति जिम्मेवार र इमान्दार रहन्छन् ।

विवाहपछि आफ्नो पतिको जिवनमाथि कुनै हस्तक्षेप गर्दैनन् । यस्तो मामिलामा पुरुषले विना दबाव स्वतन्त्र ढंगले काम गर्ने मौका पाउछन् ।

३. सम्बन्धमा देखा पर्ने समस्या हल गर्न महिला एकदमै सिपालु मानिन्छन्, र पुरुषको रोजाइमा पनि यस्तै महिला पर्दछन् ।

हरेक पुरुषले आफ्नो प्रेमिका तथा पत्निमा आफ्नो आमाको रुप देख्न चाहन्छन्, जो सधै निश्वार्थ ढ्रंगले माया गर्नमा तत्पर रहन्छिन् । पुरुषले एक परिपक्क महिलामा यी गुण भेट्दछन् ।

४. कुनैपनि सक्षम महिलाले करियर तथा आफ्नो सम्पति लगायतका कुराको राम्रो व्यवस्थापन गर्न जानेका हुन्छन् । यस्ता महिलाले पुरुषलाई चाडै आर्कषित गर्दछ ।

किनभने पुरुषलाई राम्रोसंग थाहा हुन्छ कि भविष्यमा यस्ता महिलाले आफुलाई सहयोग गर्छन् भन्ने कुरा । त्यसैले पुरुषले जहिले आफुभन्दा बढि उमेरको तथा अव्वल महिला रोज्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया