बैशाख ०१, काठमाडौ । समावेशी मिडिया ग्रुपको ‘पेज फोटो प्रतियोगिता वम्पर उपहार–२०७५’ जुना मोक्तानले हात पारेकी छिन् । नयाँ वर्षको अवसरमा समावेशी मिडिया ग्रुपले आयोजान गरेको प्रतियोगिताको उपहार मोक्तानले जितेको हो ।

 

शनिवार काठमाडौको नक्सलमा समावेशी मिडिया ग्रुपले एक लाइभ कार्यक्रममार्फत प्रतियोगितामा सहभागी ७४ जना मध्येबाट विजेता घोषण गरिएको थियो ।

 

प्रतियोगिता २०७४ चैत १ गते देखि २५ गतेसम्म आवदेन खुल्ला गरिएको थियो । त्यसैगरी चैत ३० गतेसम्म पेज लाइक, कमेन्ट र शेयर खुल्ला गरिएको आयोजकले बताए ।

 

विजेताको घोषण पेजमा आएको लाइक, कमेन्ट र शेयरको आधारमा गरिएको समावेशी अनलाइन डट कमको प्रबन्धक निर्देशक राजकुमार मगरले बताउनु भएको थियो ।

 

प्रतियोगितमा सहभागी ७४ जनामध्ये ७४ जनालाइ पछि पार्दै रामेछापबाट सहभागी जनाएकी सहभागीता नम्बर ४ भएकी मोक्तानले उपहार हात पारेकी हुन् ।

 

प्रतियोगीतामा विजेता हुन सफल मोक्तानले समावेशी अनलाइन डट कमबाट सम्मान स्वरुप पुरस्कारको रुपमा प्रमाण–पत्र, रु. ५००।– (पाँच सय) को रिचार्ड कार्ड, सिद्धार्थ कला केन्द्रबाट १ महिना निशुल्क डान्स कोर्श, दैलोज रेस्ट्रोबाट दुई जनालाइ खाजा सेट, श्रृङ्गार घर ब्युटी पार्लरबाट निशुल्क ब्युटी सर्भिस पाउने छ । साथै एक महिनासम्म बिजेताको फोटो समावेशी अनलाइन डट कममा फिचर फोटो राख्ने छ भने पेजमा कभर फोटो राखिने छन् ।

 

पेज फोटो प्रतियोगिता बम्पर उपहार–२०७५ मोक्तानले अन्तिम ३ मा बर्ष थिङलाई २१ं.१७ शेयरले पछि पारेकी थिइन । प्रतियोगितामा मोक्तानले ३०० लाइक, ९९ कमेन्ट र ४९ शेयर प्राप्त गरेकी थिइन् भने थिङले २५३ लाइक, ६२ कमेन्ट र ६२ शेयर प्राप्त गरेकी थिइन् । त्यसैगरी अन्तिम तीनभित्र पर्न सफल दोर्जे बम्जनले ६८२ लाइक, ५६ कमेन्ट र ३६ शेयर प्राप्त गरेको थियो ।

 

पेज फोटो प्रतियोगितामा काभ्रे, रामेछाप, कास्की, काठमाडौ, नुवाकोट, मकवनपुर, सिन्धुपलञ्चोक, दोलखा, सिन्धुली, कालिकोट लगायतका २० भन्दा बढी जिल्लाहरुबाट प्रतियोगीहरु सहभागी भएका थिए ।

 

प्रतियोगिताको विजेता घोषण लाइभ कार्यक्रममा समावेशी मिडिया ग्रुप अन्र्तगत सञ्चालन भएको समावेशी अनलाइन डट कमका प्रधान सम्पादक इकमान लामा (इमाल), प्रकाशक तथा सम्पादक विवेक लोप्चन लगायतले नयाँ वर्षको शुभकामनासहित उपहार हात पार्न सफल मोक्तानसंगै प्रतियोगितामा सहभागी सम्पुर्ण प्रतियोगीहरुलाई विशेष धन्यवाद व्यक्त गरिएका थिए ।

तपाईको प्रतिक्रिया