राजु बोहरा–काठमाडौँ । लोक गीतले समाजको यथार्थता बोल्नु पर्दछ, सामाजिक यथार्थता भएको गीत मात्रै लोक गीत हो भन्ने मान्यताको साथमा बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अगाडी बढिरहेका बरिष्ट गायक भोजराज काफ्ले द्वारा स्वर बद्ध “ढल्क्यो जिन्दगि” बोलको गीतलाई भर्खरै फुलबारी म्युजिक प्रालिले अडियो तथा अडियो तथा भिडियो सार्बजनिक गरेको छ ।

उनले यस अगी कहिले गलैचा बुन्नेको यथार्थता त कहिले गरिब निमुखाहरुको चुलो नबलेको कुरा त कहिले हलो जोत्ने किसानी र कहिले परदेशीहरुको यथार्थता लगाएतका भावहरुलाई गीत मार्फत बुनेर बजारमा पठासकेका छन् । यस पटक भने गायक भोजराज काफ्लेले आफ्नो लालाबाला लाई हुर्कायो बढायो तर आफुलाई बुढेसकालमा साहारा दिने कोहि नहुने भावलाई भर्खरै सार्बजनिक गरेका हुन् ।

भोजराज काफ्ले कै लय शब्द र स्वरले सजिएको उक्त गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, लक्ष्मण चौलागाई, लक्ष्मण भण्डारी स्नेहा कार्की र स्मारिका पन्तको जिबन्त अभिनय रहेको छ । उनीहरुको अभिनयले पनि यस गीतको वास्तविकतालाई छर्लंग परेको छ । भोजराज काफ्ले द्वारा निर्देशित भिडियोलाई छायांकन रेशम दर्लामीले गरेका हुन् भने सम्पादन बिबेक सुनारले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया