काठमान्डौँ , बैशाख ८
गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य लगायत गजलकारहरू ज्ञानुवाकर पौडेल, बूँद राना, प्रा. डा. सनतकुमार वस्ती, डा. घनश्याम परिश्रमी न्योपाने, डा. कृष्णजङ्ग राना, डा.नारायण प्रसाद गैरे; गितकार रामबहादुर पहाडी, संगीतकार चेतन कार्की र छन्दबिज्ञ पोष्टराज चापागाईले संयुक्त रूपमा गजल सङ्ग्रहलाई लोकार्पण गरेको हुन् ।
८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति, समसामयिक विषय समेटिएका छन् । कार्यक्रममा गजलसङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए । गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो ।
कार्यक्रममा किरणले ‘नसुतेको रात’ गजल उत्कृष्ट रहेको बताए । ‘यो गजलमा उचित शब्द छनौट, बिम्ब, प्रतिक, लक्षणा, वेञ्जनाको जादुमयी संयोजन, विभिन्ज ध्वनी आदिलाई बढो होशियारीका साथ प्रयोग गरिएको छ,’ उनले भने, ‘बजारमा धेरै नै गजलसंग्रह प्रकाशनमा आयता पनि गजलको मर्म बुझेर लेख्न नसकिएको अवस्थामा गजल कस्तो हुनुपर्छ भन्ने जान्न चाहनेका लागिसाच्चिकै यो उदाहरणीय संग्रह हो ।’ त्यस्तै गजल पुनर्जागरण कर्ता ज्ञानुवाकर पौडेलले भने ‘छन्द र बहरमा लेख्दैमा गजल बन्यो भनेर दङ्ग पर्नेहरू छन्, तर छन्द र बहर लेखेर पनि गजल मर्मलाई आहात नतुल्याई लेखियको यो नमुना गजलसंग्रह हो ।’
अर्थशास्त्रमा विद्याबारिधी गरेका मैनाली गजल बिधा मार्फत साहित्यमा प्रवेश गरेका हुन् । मैनालीले दुई वर्ष अघि बैशाखमै पहिलो गजलसङ्ग्रह ‘तुलसीको पात’ बजारमा ल्याएका थिए ।

तपाईको प्रतिक्रिया