हो म एक बल्त्कारी सिपाही हु
यही देशले ,त्यो राज्यले
नियूक्त गरी
देश र नरेशको सेवा गर्न
भनेर
खटाईएको भएपनि
यूनिफर्म र पदको मर्यादा ख्याल नगर्ने
हो म एक बल्त्कारी सिपाही हु ।
राष्ट्रको गरिमा बचाउन
सीमा साधहरु जोगाउन
राष्ट्रियताको लागि लड्न
राज्यले तलब भत्ता
सेवा सुबिधा
खाएर पनि
तैपनि म आफैमा
हो म एक बल्तकारी सिपाही हु ।
देश दुखेको बेला
सहयोग र सुरक्षा भन्दा
गोप्य स्थानहरुको
खोजी गरेरै भएनि
बल्तकार गर्न उदत्त छु
हर मान्छे
प्राण उत्सर्ग गर्ने बेला
म हासी रहेको हुन्छु
खै त म मा एक बफादार
प्रहरीको सिपाहीमा हुनु पर्ने
सदगुणहरु खै कहाँ -कहाँ हराए ?
म त केही गर्न न सक्ने
हो म एक बल्त्कारी सिपाही हु ।
दिदीहरु पीडाले छ्ट्पटाउदा
आफ्नै छोरीहरु बल्तकारको सिकार हुँदा
अपराधीहरुलाई हत्कडी लाएर
जेल सजाय प्रदान गर्ने अधिकार प्राप्त म
पीडितहरुलाई न्याय दिनेबेला
म आफै यता
बल्त्कारको दोषी बनेर
बिस्वास बिहिन बनेको छु ।
त्यसैले त
हो म एक बल्त्कारी सिपाही हु ।
हरेक मान्छे हरुले मबाट
सुरक्षाहरुको झिनो अभिलासा
मनभरि सङालेर
निभ्नै लागेको मन्मा
दियो सल्काउने बेला
म आफै बल्त्कार गर्न हिडिरहेको छु
म बाट पूर्णरुपमा
भरोसा गर्ने मन्छेहरुलाई
सन्त्रास फैलाउने
उल्टै अन्न्याय गर्ने
हो म एक बल्तकारी हु ।
मेरा यूनिफर्मको प्रलोभनमा
बनिसकेका घरबारहरु
तहसनहस बनाउने
आईमाईहरलाई बल्त्कार गर्ने
बाटाहरुमा छोरीहरु
पढन जाँदै गर्दा
असुरक्षित बनेका छ्न
हो सब मेरै कारणले
न त मैले सुरक्षा दिए न सिकाए
यहाँका कानुन हरु नि
निरही बनेर
हातहरु बाधेरै बसे
खै?
यो देशले
के चाहेको
मैले के दिने
हो मलाई केही थाहा छैन
हो म त एक बल्त्कारी सिपाही हु ।
मेरै कारणले
देशभक्त सिपाहीहरुको
अपमान र बेइज्जती
सहनु परेको छ
असल सिपाहीहरु पनि
बल्तकारी बिल्लाको भागिदार बन्न
बिबश बनेका छ्न
त्यसैले त देश बिगार्ने
हो म त एक बल्तकरी सिपाही हु ।
हो म स्वीकार्न बाध्य छु
पीडितका आला घाउहरुमा
मलम पत्ती होइन
थप रुवाउदै
यौन चरम आफ्नो सन्तुष्टिको लागि
मैले के के गरिन
सबै थोक गरे ।
सबै चीज गुमाए
आन्न्दकै लागि
हो म एक बलत्कारी सिपाही हु।
मेरो कायारता र म जस्ता सिपाहीहरु
एक मिनेट राज्यको ढुकुटीको
पैसा हरुले मोज मस्ती गरेर
बल्तकार गर्दै हिड्ने
कुनै पनि सिपहीको
यो देशमा काम छैन
हो हामीले
बिगतका कमिकम्जोरीलाई
सच्याएर सुधरिनु या
राजीनामा दिनु को कुनै बिकल्प
छैन अब यहाँ
यदि यो देशले सोध्छ भने
म जस्ता सिपाहीहरु लाई सोधोस
जहा देश दुखी रहेको बेला
नेपालीहरु छ्ट्पटाई रहेको बेला
अस्तित्व मेटिन लाएको
कसैले देख्दैन ।
सबै आफ्नै धुनमा छ्न
बल्त्कार गर्न ,नराम्रा कामहरु गर्न
म नि अग्रसर छु
हो मलाई केही थाहा छैन
को कहाँ बल्त्कार हुँदै छ
कहाँ बाढी आयो
कहाँ कति क्षति भयो
अब मलाई केही न सुनाउ
म त देशको सुरक्षा गर्न होइन
बल्तकार गर्न
जागिर खाइरहेको छु ।
जसो तसो दिनहरु बिताउदै
मेरो राज्यले दिएको सेवाहरु
भोग गर्दै छु
हो म एक बल्तकरी सिपाही हु ।।

तपाईको प्रतिक्रिया