काठमाडौं, २५ बैशाख । राजधानीको बालाजु बाइपासमा ओल्ड स्कुटी रेष्टो सञ्चालनमा आएको छ । युवा व्यवसायी सरोज रिमालद्धारा सञ्चालनमा ल्याइएको हो । त्यहाँ जादा अरको भन्दा भिनन तरिको देख्न सकनुहुनेछ । स्कुटर माथी टेबुल राखिएको छ जुन त्यहाँ खान जानेहरुको लागी आकर्षकको बिषय रहको छ । उक्त रेष्टुरेण्टको लोकप्रिय नायक एवम मोडल अनिल थापा र लोकप्रिय नायिका रिमा विश्वकर्माले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

अरुको भन्दा भिन्न फरक र सजिलो तरिकाले सेवा दिने ओल्ड स्कुटी रेष्टो सञ्चालक रिमालले बताए । ‘काठमाडौमा धेरै रेष्टुरेण्ट भए पनि आफुले अरुको भन्दा सजिलो र भिन्न भिन्न सेवा दिने रिमालको भनाइ छ । नयाँ काम नयाँ ढंगले शुरु गरौं भनेर आफूले रेष्टुरेष्टको नाम ओल्ड स्कुटी राखेको रिमालले बताए । उनले रेष्टुरेण्टको वोर्डमै स्कुटर झुन्ड्याएका छन ।

काठमाडौको मुटु माछापोखरी नजिक रहेको उक्त रेष्टुरेण्टले पारिवारिक वातावरणमा मौलिक र स्वादिष्ट परिकारहरु खुवाउने लक्ष्य लिएको छ ।

युवा व्यवसायी रिमाल भन्छन, रोजगारीको लागि छट्पटाउदै पराई मुलुक धाउनु भन्दा दुख सुख आफ्नै देशमा व्यवसाय गर्नु राम्रो लाग्यो र रेष्टुरेण्ट व्यवसाय गर्ने निर्णय गरें’ । उनी भन्छन, ‘सकारात्मक सोचका साथ जुनसुकै काम गर्नुस तपाई अवश्य सफल हुनुहुन्छ ।’

रेष्टुरेण्ट ओपनिङ गर्न नपाउदै दैनिक ३०(४० हजारको व्यापार हुन थालेको समेत उनले बताए छन् । उनले सुरु गरेको व्यवसायले कमसेकम पनि आधा दर्जन भन्दा बढीलाई तत्काल रोजगारी दिएको छ ।

तपाईको प्रतिक्रिया