रोशन पोखरेल , काठमान्डौँ, बैशाख २५
जिवनका भोगाइमा आइपरेका वियोगका अवस्थाहरुलाई चित्रण गदै प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर राना मगरको लोकदोहोरी कोशेली “चिता माथि आगो” डिजिटल बजारमा उपलब्ध भएको छ । मुना थापा मगरर गायक लाल बहादुर मगरको मार्मिक भावहरु संग्रहित लोकदोहोरी “चिता माथी आगो” बजारमा आएको हो । जिवन भोगाईका क्रममा बाध्यताले विछोडी हुनुपर्दाको कारुणिक भावहरुलाई गीतमा नबन्न आग्रह गरिएको छ । आफुलाई जस्तो सुकै अवस्थामा भएपनि नछोड्नको लागी आग्रह गरेका छन । आफनो मृत्युमा अन्तिम श्रद्धान्जली दिनको लागी आफनी प्रेमिकालाई लालबहादुरले आग्रह गरेका छन । इन्द्र दाहाल शिशिरको शब्द तथा नविन गुरुङको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । आफनो मृत्युको वियोगमा आफनी प्रेमीकालाई नरुन आग्रह गरिएको छ । आफनो अन्तीम शरिर देखेपनि वियोगको अनुभव नगर्न पनि भनिएको छ । “चित्ता माथी आगो ”गीतको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा इन्द्र दाहाल शिशिर , अभि लामा र आशा खड्काको निकै मार्मिक अभिनय देख्न सकिन्छ । भिडियोलाई मुकेश हुमागाई छायाँकन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया