नेपाली लोकदोहोरी गायनको क्षेत्रमा राम्रो सम्भावना बोकेकी गायिका हुन । चन्द्रकला कवर बनगाड कुपिन्डे नगरपालिका ८ सल्यान मा जन्मीयकी कवर परिवार की बुवा सिंङ बाहादुर कवर आमा हरिकला कवर को कोख बाट जन्म लिएकी जेठी छोरी कुसल गायिका चन्द्रकला कवर साधारण परिवारमा हुर्केकी थिइन । लामा सानै उमेर देखीनै गाउने नाच्ने गर्ने रहर भएकी केटि हुन् गाउका सानातिना कार्यक्रमहरु अनि मेलामा गाउने नाच्न जाने गर्थिन । उनि गाउका मान्छेहरुले उनि भित्रको कला गला देखेर हुने कार्यक्रमहरुमा लैजाने गर्थे तर पनि घरको नाजुक अबस्था हुदाँ पनि आफनो कर्तब्यबाट कहिले पनि विचलित भइनन् ।े कक्षा १ देखि ५ कक्षा सम्म आफ्नै गाउँ को स्कुल श्री नब ज्योती बिद्यालय मा हासिल गरिन फेरि कक्षा ५ हासिल गरे पछि उनि फेरि गाउँ नजिकै स्कुलमा ६ देखि १० सम्म श्री नब ज्योती माध्यामिक विद्यालयम १० कक्षा सम्म हासिल गरिन । फेरि उनी उच्च शिक्षाको लागि सल्यान जिल्लाकै खलंगा श्री त्रीभुबन उच्च माध्यामिक बिध्यायल १० देखि १२ सम्म को शिक्षा हासिल गरेपछी अहिले पनि सेकेन्ड एयर मा अध्ययनरत रहेको बताइन ।

काठमान्डौमा जाँदा गीत गाउन पाइन्छ । कलाकार बन्न पाइन्छ भन्ने कुरा थाहा पाएपछि घरायसी कामलाई थाति राखेर उनको यात्रा काठमान्डाँै तर्फ अग्रसर भयो । उनको पहिलो एल्बम प्रेम बि सिो शब्द गायक रामु खडकाको संगितमा रामु खडका र उनको आवाजमा रहेको गीत ”सम्झी सम्झी आँसु बगाउछु “ रहेको उनले बताइन । त्यस पछिको क्रममा उनलाई लोकगीत संगीतको लागी भनेर विभिन्न अवसरहरु आइरहेका छन । साथै उनले आफनै लगानीमा दाजु यम राज कवर र सुरेस बस्नेतको सहकार्यमा पुजा डिजिटल म्युजिक कम्पनि खोलेर आफना लोकप्रिय रचनालाई आम दर्शक तथा स्रोता माझँ पुयाइरहेकी छन । उनै गायिका तथा पुजा डिजिटल म्युजिक प्रालीकी प्रवन्धक चन्द्रकला कवर सगँ सहकर्मि साथी रोशन पोखरेलले गर्नुभएको संक्षिप्त कुराकानीको अशं

गायिका बन्ने यहाँको रुचि कसरी सुरु भयो ?

सानै देखि मलाइए गाँउन मन पथ्र्याे । गाउँ सहर होस या मेला पर्व जात्रा मा जादाँ गित संगित साहित्य का गतिविधि मलाई निकै मन पर्दथियो ।

हालसम्म कतिवटा गीत गाउनु भयो ?

४ दर्जन भन्दा बढी गीत हरुमा आवाज भरेकी छु अझै धेरै गर्न बाकि नै छ । अहिले पनि धेरै गीत बजारमा आउने तयारीमा रहेका छन ।

सुरुमा स्टुडियोमा जाँदा कस्तो अनुभब भएको थियो ?

एकदम खुसि भएकी थिए । म गाउँमा सामान्य परिवारमा हुर्केको भएकाले काठमान्डाँैको वातावरणको बारेमा थाहा थिएन । शुरुमा निकै अफ्टयारो लागेको थियो । तर आफनो रहरका कारण मैले निकै डराएर भएपनि राम्रो आवाज भर्न सफल भएकी थिए ।

तपाईले पहिलो पल्ट आवाज दिनुभएको गीतवाट कस्तो प्रतिकृया पाउनुभयो ?

पहिलो पटक भएका कारण मलाई त्यस विषयमा खासै जानकारी थिएन । तर मेरो आवाज जति दर्शक तथा स्रोता ले सुन्नुभयो राम्रो प्रतिक्रिया दिनुभयो ।

गीत चल्नुमा कसैको भुमिका हुन्छ कि हुदैँन ? तपाई एउटा कम्पनिको व्यावस्थापक पनि हुनुहुन्छ ?

कसैको भूमिका भन्दा पनि दर्सक अनि सोर्ता हरुमा भर पर्छ । गीतले समेटेको विषयबस्तु र त्यस भित्र समावेश हुने सम्पुर्ण टिमको कामको मुल्याङकन त्यसको गीत प्रतिक्रिया बाट पाउन सकिन्छ जस्तो लाग्छ ।

कुनै दिनको सम्झना छ दुःख पाएको ?

दुख हरु धेरै छ संघर्ष गर्दा दुख अबस्य नै हुन्छ । गाउँमा सानो छदाँ मैले बावा गुमाएको थिए । त्यसपछिका दिनमा पनि कतिपय अवस्थामा दुखका दिनहरु बारम्वार आइनै रहे । तर त्यसबाट विचलित नभएर जिवन सषर्धबाट नै जिवनका उपल्धी हाँसिल गर्न सकिन्छ ।

यो क्षेत्रमा भविष्य छैन भन्छन नी ?

कुनैपनि काममा भविष्य छ छैन भन्नुभन्दा पनि त्यस काम प्रति आफु कति सम्पित भइएको छ । यस विषयमा बुझनु जरुरी रहेको छ ।

यहाँका आगामी गीतहरु कस्तो प्रकारका आउदैछन ?

अब चाँडै तीज गीतका साथ साथै परदेशी गीत र लोकदोहोरी गीतहरु बजारमा आउने तयारीमा रहेको छ ।

तपाइँ एउटा गायिका अब आउने र आउदै गरेका नब गायिका हरुलाई के संदेश दिनु हुन्छ ?

अर्काको लह लहैमा लाग्नु हुदैन सबै कुरा सिकेर आउदा राम्रो हुन्छ आफुलाई जे गर्दा राम्रो हुन्छ त्यो गर्दा राम्रो हुञ्छ सबैको साथ सहयोग भयो भने अगडी बढ्न सकिन्छ ।

भविष्यमा यस गायन क्षेत्रमा कसरी अगाडि बढ्ने योजना छ ?

आगामी दिनमा पनि नेपाली लोक गीतको विकाश एव्म विस्तारका लागी आफना सर्वोकृष्ट रचनाहरु आम दर्शक माझँमा ल्याएर । नेपाली लोक गीतको क्षेत्रमा केही गर्ने विचार छ ।

हवस्त ,चन्द्रकला जी तपाईको निकै ब्यस्त समयका बाबजुत पनि हामीलाई आफनो महत्वपुर्ण समय दिनु भयो त्यसका लागी धन्यवाद ।

रोशन जी तपाईले पनि , मलाई आफनो मनमा लागेका कुराहरु तपाईको लोकप्रिय अनलाइन मार्फत भलाकुसारी गर्ने समय दिनुभएको मा हार्दिक नमन ब्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया