रोशन पोखरेल, काठमान्डाँै , बैशाख ३१
मौलिक लोक सिर्जनाले जनजिवनका विरहका पल देखी भावनका भित्री भोगाइहरु पनि समेटने गर्छ र नेपाली पनको आभास दिलाउने गर्दछ । जिवन भर आफनी मायालुको साथमा विताउने चाहना हुदाँ हुदैँ पनि विभिन्न बाध्यताले आफनी प्रेमीकालाई कतिपय अवस्थामा छोडनुपर्ने बाध्यताको अवस्था आउने गर्छ । देवी म्युजिक सोलुसनको प्रस्तुतीमा “माया लाएरै हो ” गीतको भिडियो सार्वजनिक भएको छ ।
बहुप्रतिष्ठित चर्चित गायिका विष्णु माझी र गायक सुमन परियारको आवाजमा रहेको गीतमा मायाका सम्वादहरुलाई मौलिक भाकाको साथमा समेटिएको छ । सुनिल केसीको शब्द तथा सुरज लामिछानेको लय सिर्जनामा गीत तयार परिएको हो । गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने सम्पादन दिपक विष्टले गरेका छन । गीतको भिडियोमा प्रेमी प्रेमीकाको भुमिकामा सागर थापा र लिला गिरीको सर्वाेकृष्ट अभिनय देख्न सकिन्छ । “माया लाएरै हो ” भिडियो लाई काजिश श्रेष्ठले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडीयो ।

तपाईको प्रतिक्रिया