राजु बोहरा–काठमाडौँ । कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नु छ भने निरन्तरता र लगनसिलताले अबस्य पनि साथ दिन्छ भन्ने भनाइलाई मध्य नजर राख्दै बिगत निकै लागो समय यता नेपाली सांगीतिक क्षेत्रमा क्रियासिल उदिम राईको प्रस्तुतिमा रहेको एल्बम “सानो गुनासो” समाबेश “पिखुवामा” बोलको गीतको भिडियोलाई हालै मात्र एकता म्युजिक प्रालिले सार्बजनिक गरेको छ । जम्मा नौ वटा गीतहरु समाबेस भएको यस एल्बमको सबै गीतलाई एकता म्युजिक प्रालिले यस भन्दा पहिले नै सार्बजनिक गरिसकेको छ ।

सार्बजनिक भएको “पिखुवामा” बोलको गीतमा उदिम राईको स्वर, संगीत शिला बहादुर मोक्तान र शब्द रचना भुपाल राईको रहेको छ । निकै उत्कृष्ट ढंग बाट तयार भएको यस गीतको म्युजिक भिडियोमा नारद हर्तामछली “केलांग”, सी के राई र बिनिता राईको मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा छायांकन ज्ञानु राईले गरेका हुन् भने सम्पादन अशोक मल्लले गरेका छन् । हामी गायक उदिम राईको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया