राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र दिन प्रतिदिन धनि बन्दै गैरहेको अवस्तामा छ । यो हुँदा हुँदै पनि यस क्षेत्र संग सम्बन्धित कलाकारहरु भने गरिब बन्दै गैरहेका छन् । यस्तो अवस्थामा राज्यले सांगीतिक क्षेत्र बिकासका निमित्त कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्दिने हो र सांगीतिक क्षेत्र संग सम्बन्धित बिभिन्न संघ संस्थाहरुले यसै क्षेत्रको उन्नतिको निमित्त लागि पर्ने हो भने अवस्य थोरै भए पनि कलाकारहरुले सांगीतिक क्षेत्रमा गरेको लगानी फिर्ता भएको महसुस गर्ने थिए होलान् । तर पनि धेरै कलाकारहरुले कुनै आर्थिक लाभ को प्रबाह नगरी बिभिन्न सांगीतिक प्रस्तुति बजारमा ल्याइरहेका छन् ।

सोहि क्रममा सिन्धुली धुरा गाउँमा जन्मिएका प्रकाश तामांगले पनि यति बेला एकै पटक दुई वटा सेलो गीतलाई बजारमा ल्याएका छन् । बुबा शुभलाल वाईबा तामाङ र आमा सानुमाया तामाङकी कोखबाट सिन्धुली धुरा गाउँमा जन्मिएका प्रकासले २०७२ सालमा नेपाली लोक तथा गीतको म्युजिक भिडियो “प्ररदेशीको कथा” को अभिनयबाट आफ्नो कलाकारिता यात्रा शुभारम्भ गरेका थिए । उनको पछिल्लो पटक बजारमा आएको दुई गीत “घर मेरो सिन्धुली धुरा गाउँ” र “चुलबुले चुलबुले मैच्यांगलाई” रहेको छ ।

करिब आधा दर्जन भन्दा बढी गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका प्रकाश तामांगको सुमधुर स्वरले सजिएको “घर मेरो सिन्धुली धुरा गाउँ” बोलको गीतमा शब्द तथा संगीत बैरागी मोक्तान को रहेको छ भने “चुलबुले चुलबुले मैच्यांगलाई” बोलको गीतमा शब्द गायक स्वयम् प्रकाश तामांग र संगीत राकेश सोनीको रहेको छ । सर्ब सम्मान म्युजिक प्रा.लि.मार्फत प्रकास क्षेत्री को सहयोगमा कलाकारिता क्षेत्रमा प्रवेश गरेका प्रकाशले अबको केहि दिनमा नै केहि आधुनिक गीत सार्बजनिक गर्ने पनि तयारी गरिरहेका छन् ।

उनको स्वरले सजिएको “घर मेरो सिन्धुली धुरा गाउँ” बोलको गीतको म्युजिक भिडियोमा सगर तामांग, निर्मला तामांग, शितल तामांग र राजन तामांग को अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश तामांग र प्रकाश क्षेत्री, छायांकन महेश महरा सम्पादन अनिल रानाले गरेका छन् । त्यसगरी “चुलबुले चुलबुले मैच्यांगलाई” बोलको म्युजिक भिडियोमा मिलन तामांग, निर्मला तामांग र पुजा तामांगको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन युद्द लामाले गरेका हुन् भने छायांकन तथा सम्पादन विश्वास भण्डारीले गरेका छन् ।

यी दुई गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया