काठमाडौं । यतिबेला गायन क्षेत्रमा चर्चामा रहेछ छन् साजन राई । माया प्रेमले मान्छेलाई कहिले हसाउँछ कहिले रुवाउँछ । मायाले जब रुवाउँछ तब मान्छेले त्यो मायाको माध्यम बन्ने बिपरित मान्छे नभेटिएको भए हुन्थ्यो भन्दै बिलौना गाएका छन् । प्रेममा बिछोड भएकाहरुले बिलौना गाउनु त ठिकै हो तर ८ बर्षिय बालकले प्रेममा छुटेर बिलौना गाउनु चाही अलिक अचम्मै मान्नु पर्ने कुरा हो । यस्तो बिलौना गर्ने व्यक्ति अरु कोही नभएर उनी हुन् बाल गायक सबि साजन राई र उनको यो बिलौना “नभेटिएको भए हुन्थ्यो” बोलको गीत गाएर यति बेला चर्चामा आएका छन् ।

पुर्वका बाल गायक असोक दर्जीको चर्चा नसेलाउदै सबि साजनको चर्चा चुलिन थालेको हो ।
एक्सन ईन्टरटेन्टमेन्टको प्रस्तुति रहेको उक्त गीतको महिला स्वर यस अघि नै रचना सिंहले गाई सकेकी छिन् भने गीतको शब्द देव बिरहीले लेखेका छन् । सनम पुरुष राईले संगीत गरेको उक्त गीतको स्टुडियो भिडियामा समिर राईको छायाँकन, मनिष कार्कीको सम्पादन र प्रियजन राईको भिडियो कन्सेप्ट रहेको छ । गायक सवि साजन राईले यस अघि गाएको “खुसी हौली” बोलको गीतको भिडियो लाखौंले हेरि सकेका छन् ।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् https://www.youtube.com/watch?time_continue=1&v=XEe49ER4nkE

तपाईको प्रतिक्रिया