काठमान्डाँै , जेष्ठ ११
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वोकृष्ट रचनाहरु तयार गर्ने सष्टा विनोद बावु केसीको लय सिर्जनामा ” स्वार्थी मान्छे ” को भिडियो आज बाट सार्वजनिक भएको छ । लोकदोहोरी गीत संगीतको क्षेत्रमा मा एउटा राम्रो सम्भावना भएकी गायिका करिष्मा विसी र गायक गणेश सिहं ठकुरीको आवाजमा रहेको ” स्वाथी मान्छे ” गीतको भिडियो लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने गायक गणेश ले बताए ।मालति म्युजिक प्रालिले गीतको अडियो तथा भिडियो लाई बजार ब्यावस्थापन गरेको छ ।
आफुले माया गरेको प्रेमिका धन सम्पतिको पछाडि लागेर प्रेमीलाई छोड्दाको अवस्थालाई समेटिएको छ । देवेन्द्र सिंह ठकुरीको शब्द तथा विनोद केसीको मौलिक लय सिर्जनामा रहेको गीतमा मान्छेमा रहने स्वार्थीको अवस्थालाई समेटिएको छ । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन । ” स्वार्थी मान्छे ” गीतमा देवेन्द्र र अनिसाको अभिनय रहेको छ ।
हेनुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया