काठमाडौँ जेष्ठ १२ । गीतकार शिखर गजरकोटेले पुर्वेली लोक गीत ‘चुल्ठो’ सार्वजनिक गरेका छन् । गीतमा गजरकोटेको शब्द, प्रियजन राईको भाका रहेको छ भने दृष्ट्रिविहिन गायक तथा संगीतकार कृष्णभक्त राईको स्वर रहेको छ । पुर्वेली जसनतारा म्यूजिकले प्रस्तुत गरेको गीतमा आरुषी मगर र शिखर गजरकोटेको अभिनय रहेको छ भने भिडियोलाई प्रियजन राईको निर्देशन रहेको छ । जनकराज अधिकारीले क्यामरा चलाएका छन् ।

को हुन् गजरकोटे ?
पश्चिम तनहूँको गजरकोटमा जन्मेका उनले सोलुखुम्बुलाई कर्मथलो बनाउदै आएका छन् । दुई दर्जन बढि सृजना गरिसकेका गजरकोटेले पत्रकारिता समेत गर्छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुका अध्यक्ष समेत रहेका उनी नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सचिब पनि हुन् । उनको सृजनामा पानी मिठो यारीखोलाको, पुर्वेली कान्छी, छाता थेन, तनहूँ गजरकोट, बादलु डम्मै, चरी भए देखि, बार लाउ है मायाले लगायतका दर्जनौ गीत स्रोत दर्शकले मन पराएका छन् । उनी सगरमाथाको फेदीमा बसेर सृजना गर्छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया