काठमान्डाँै , जेष्ठ १३
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वोकृष्ट रचनाहरु बजारमा ल्याउने क्रममा शिव दर्शन म्युजिक प्रालीको प्रस्तुतिमा समर्पित मन पुष्कलको ” दुई मुटुको धड्कन ” को भिडियो आज बाट सार्वजनिक भएको छ ।

लोक दोहोरी गीत संगीतको क्षेत्रमा मा एउटा राम्रो स्थान बनाउन सफल गायक रामजी खाँड र गायिका देवि धर्ति मगरको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने गायक रामजी खाँडले बताए । बाध्यताले आफनी मायालुबाट छुट्दा आफनो मनमा हलचल भएको गीतमा भनिएको छ ।
तिलक बहादुर ओली र शिव कुवँरको शब्द तथा पुश्कल कुँवरको मौलिक लय सिर्जनामा रहेको गीतमा आफनी प्रेमिका बाट बाध्यतामा छुटनु परेको अवस्थालाई चित्रण गरिएको छ । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । ”दुई मुटुको धड्कन ” गीतमा सारिका केसी र सागर थापाको अभिनय रहेको छ ।

हेनुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया