राजु बोहरा–काठमाडौँ । स्थाई घर ओखलढुंगा भएकी गायिका संगीता सुनुवार अहिले नेपाली लोक तथा दोहोरी गीत संगीतको मध्यम बाट आफ्नो पचिचन स्थापित गर्छु भन्दै काठमाडौँ झरेकी छिन् । उनले आफ्नो सांगीतिक यात्राको सुभारम्भ मा नै निकै राम्रो गीत बजारमा ल्याएर यस क्षेत्रका लागि सम्भावित बनि सकेकी छिन् । संगीताको आफ्नो पहिलो सांगीतिक कोसेली “तिम्रै तिम्रै नजिक सर्न मन लाग्छ” हो । अहिले सम्म कुनै पनि सांगीतिक ज्ञान हाँसिल नगरेता पनि उनको यो कलाले केहि समय संगीतको साधक बनेर यस क्षेत्रमा पाइला चालेकी हुन् भन्ने जो कोहीलाई पनि लाग्न सक्दछ ।

निकै रोमान्चक सैलिमा तयार भएको प्रस्तुत गीतमा प्रज्वल पारखी र संगीता सुनुवारको सुमधुर स्वर सुन्न सकिन्छ । राजेन्द्र बाजुरालीको लय र नेत्र भण्डारीको रोमान्चक शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोलाई सन्जिब ठकुरी र करिश्मा ढकालको अभिनयले अझै सुगन्ध थप गरेको छ “तिम्रै तिम्रै नजिक सर्न मन लाग्छ” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन अमन बाबुले गरेका छन् । हामी नव गायिका संगीता सुनुवारको उज्वल सांगीतिक भबिस्यको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया