राजु बोहरा–काठमाडौँ । स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँ पालिका भएका बिशाल बोहरा द्वारा अबिनित फेरो अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरेर अशंख्य दर्शकहरुको मन जितिसकेका छन् । यस पटक भने भर्खरै सार्बजनिक भएको “मुटु भरि चोट” बोलको गीतको म्युजिक भिडियोको सबै दर्शकहरुको साथको प्रतिक्षामा बिशाल रहेका छन् ।

बिशाल बोहरा द्वारा अभिनित “मुटु भरि चोट” बोलको गित राजेश न्यौपाने र सपना कुँवरको नाममा प्रतिभा म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा राजेश न्यौपाने र सपना कुँवरको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई लय राजेश न्यौपाने र शब्द कृष्ण पौडेलले तयार पारेका छन् । विशालको साथमा भूमिका कार्कीको पनि अभिनय मिश्रण रहेको यस्गीत्को म्युजिक भिडियोलाई निर्देशन प्रेमराज पुनले गरेका हुन् भने छायांकन सुरज खनाल र सम्पादन प्रकाश एस के ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया