काठमान्डाँै, जेष्ठ १७
सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा राम तामाङको लोकदोहोरी गीत ”तिमी नेपालमा म त विदेशमा “ परदेशी नेपाली युवाको बास्तविक जिवन कहानीमा आधारित भएर तयार पारिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराएका छन ।
गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा गीत तयार पारिएको छ । धन कमाउने सपना बोकेर विदेशी मरुभुमिमा परिवारलाई सम्झदै परिवारको खुशीको लागी जिवनमा कठिन परिस्थतिलाई पनि आत्मसाथ गरेको पाइन्छ । राम तामाङको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको छ । आफना प्रेमी गाउँमा हुदाँ सगैँ धुमेको कुरालाई गीतमा समेटिएको छ । अरुन सुनारले छायाँकन गरेको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन । “तिमी नेपालमा म त विदेशमा ” भिडियोमा नविन विरही श्रेष्ठ र पार्वती तमाङको अभिनय रहेको छ । गीतलाई सन्तोष पौडेलले सम्पादन गरेका छन ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया