काठमाडौं । गायक विमल परियार पछिल्लो समय लोकगायनमा व्यस्त हुँदै आएका छन् । लोकदोहोरी गायनमा सम्भावना बोकेको स्वर भएका गायक परियारले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् । गीतसंगीतमा यसरी व्यस्त भएका गायक यतिबेला भने झ्याउरे गीत लिएर आएका छन् । गाउँघरमा रोधी बस्ने गाउने गरिएको झ्याउरे गीतको भाकालाई टपक्कै टिपेर उनले दोहोरी भाकामा रुपान्तरण गरेका छन् ।

गायक विमल परियार र सम्झना भण्डारीको स्वरमा रहेको ‘फूल केशरी’ गीत यतिबेला सार्वजनिक भएको छ । झ्याउरे गीतलाई रमेश बिजीले लेखेको हुन् भने विमलकै संगीत रहेको छ । ‘रोधीघरमा बसेको माया फूलकेशरी दिल बस्यो बेसरी’ गीतलाई विमलले आफ्नै यूट्यूब च्यानलबाट अपलोड गरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । करण चैंसिरको छायाँकन रहेको यस भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया