रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ २२
सुमार्ग म्युजिक प्रालीको प्रस्तुतिमा राम सहयोगी विसीको वियोगान्त प्रेम कथामा आधारित लोकदोहोरी गीत ”मलम पटटी “ बजारमा आएको छ । नेपाली कलाकारिताको विकाश गर्नको लागी सहयोगी विसीको शब्द सिर्जनामा गायक नारायण पाण्डे र लक्ष्मी रेग्मीको आवाजमा ”मलम पटटी” गीतको भिडियो आएको हो ।
नारायण पाण्डेको मौलिक लय सिर्जना रहेको गीतमा नेपाली पनको आभाष दिलाउने शब्दतथा लयको प्रयोग गरिएको छ । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । “मलम पटटी ” भिडियोमा महेन्द्र गौत्तम र सञ्चिता शाहीको अभिनय रहेको छ । गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया