काठमाडौं– रेडियो नेपालका अंग्रेजि समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।
युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ ।
चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन।
पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युबराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन रहेको छ भने गितको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो ।

तपाईको प्रतिक्रिया