गीत संगीतको क्षेत्रमा छोटो समयमै एक पछि अर्को हिट गीत संगीत दर्शक श्रोता माझ पस्किदै आएका गायक, संगीतकार तथा संचारकर्मी लब कुमार भट्टले भर्खरै मात्र मिल्ने साथी बोलको गीत सार्बजनिक गरेका छन् । उक्त गीतमा आफ्नो स्वर तथा संगीत भरेका भट्टले यसै गीतको म्युजिक भिडियो मार्फत् निर्देशनमा समेत आफुलाई अब्बल रहेको सावित गरेका छन् । बजारमा एक पछि अर्को गरि मायाँ प्रितिका गीत संगीत मात्रै आइरहेको समयमा भट्टले फरक धारको गीत दर्शक श्रोता माझ पस्किएका हुन् । सम्बन्धहरु थरिथरिका हुन्छन् जुन सम्बन्धहरुलाई समाजले बुझ्दै नबुझि नकारात्मक दृष्टिले हेर्ने परिपाटि छ त्यसको अन्त्य हुनु पर्छ भन्ने उदेश्य सहित गीतकार राजेन्द्र सुवेदी ले कोर्नु भएको शब्दमा बाल्यकाल देखी नै मिल्ने साथी एक अर्काको बिहे भए पछि पनि उत्तिकै मिल्ने असल साथी रहेको कुरालाई निर्देशक लब कुमार भट्टले म्युजिक भिडियो मार्फत् छर्लङ्ग पारेका छन् । गोर्खा चौतारी म्युजिक प्रा.लि. मार्फत् बजारमा ल्याइएको यस गीतमा गायक भट्टलाई स्वरमा साथ दिएकी छिन् स्मृति शाहिले भने छायाँकनको पाटोमा हरिस महरा रहेका छन् । त्यस्तै यस म्युजिक भिडियोको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन् । यस म्युजिक भिडियोमा नव नायक बिशाल शर्मा ( लक्कि ) र नवनायिका बिष्णु न्यौपाने लाई क्यमारामा कैद गरिएको छ भने बाल कलाकार रोहीत भट्ट र रोश्ना भण्डारीको पनि अभिनय देख्न सकिने छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् –

तपाईको प्रतिक्रिया