काठमाडौँ : बिगत डेढ दशक देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताहरु, विभिन्न चर्चित फेशन सोहरु, कार्यक्रम संचालन, मोडलिङ तथा ईभेन्ट म्यानेजमेन्टमा निरन्तर सक्रिय रुपमा आफुलाई प्रस्तुत गर्दै आएका बहुचर्चित फेसन कोरियोग्राफर हुन् आश्विनी कान्त झा l लामो समय देखि निरन्तर आफुलाई परिष्कृत, परिमार्जन तथा परिपक्क बनाउदै आएका नेपालि फेसन मोडलिङ र सौन्दर्य प्रतियोगिताहरुमा चर्चित बनेर आफुलाई स्थापित बनाउन सफल व्यक्तिको रुपमा परिचित फेशन कोरियोग्राफर आश्विनी कान्त झा बहुप्रतिभाको धनि बौद्दिक ब्यत्क्तिको रुपमा यस क्षेत्रमा परिचित छन् l विभिन्न विधामा आफ्नो अनुभब संगालेका आश्विनीले विभिन्न अन्तराष्ट्रिय प्रतियोगितमा सहभागी भएका नेपालि फेशन संसारका प्रतिनिधि पात्रहरुलाई कोरियोग्राफी तथा ग्रुमीङ मार्फत र्याम्पमा उतारिसकेका छन् l

सन् २००३ बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका उनले सुरुवाती दिनमा विभिन्न फेशन सो तथा फेशन वर्कसपहरुको आयोजना तथा सहभागी हुदै आएर अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित कोरियोग्राफर कौषिक घोष मार्फत ट्रेनीङ लिएर घोषको सहायक कोरियोग्राफर भई विभिन्न अनतराष्ट्रिय स्तरको फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरुमा ट्रेनरको भुमिकामा समेत निर्बाह गरेको उनि संग अनुभब छ l सन् २००५ मा सुर्यकला सुपर मोडल कन्टेष्टमा सहभागी भएर मिस्टर ट्यालेन्टको उपाधि जित्न सफल अहिलेका चर्चित कोरियोग्राफर आश्विनी त्यस पछि सुर्यकला ग्रुपको अफिसियल मोडल तथा ट्रेनर भई भारत तथा नेपालको विभिन्न शहरमा आफ्नो गुरु संग मुख्य सहायक कोरियोग्राफर भएर फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरिसकेका छन् l त्यसैगरि अन्तराष्ट्रिय जगतमा मिस्टर एण्ड मिस इण्डिया एटिट्युड, जेडि ईन्स्च्य़ुट ग्वालियरको मोडलिङ वर्कशप, मिस इन्डिया तथा इण्डियन सुपर मोडलको फेशन सो को आयोजना तथा कोरियोग्राफी समेत गरिसकेका छन् l

आफ्नो अथक मेहनत र परिश्रमले छुट्टै पहिचान बनाउन सफल चर्चित कोरियोग्राफर आश्विनी कान्त झा सन् २००९ मा नेपाल मुभी हाउसको आयोजनामा सम्पन्न भएको “मिस टिन काठमाडौँ”को कोरियोग्राफी मार्फत स्वदेशमा चर्चा कमाउन सफल झाले उक्त प्रतियोगिता मार्फत नया प्रयोगहरु समेत गरि यस क्षेत्रलाइ नया युगमा प्रवेश गराएका थिए l उक्त समयमा प्रायजसो सौन्दर्य प्रतियोगिताहरुमा अंग्रेजी तथा फाष्ट ट्रयाकका म्युजिकहरुमा कोरियोग्राफी हुदै आएकोमा उनले प्रतियोगिताहरुमा भक्ति संगीत, नेपाली पहिचान झल्किने मौलिक संगीतलाइ कोरियोग्राफीमा ल्याएर त्यस समयको दर्शक प्रतिक्रियामा सम्पुर्ण प्रतियोगीहरुलाई देबीको रुपमा प्रस्तुत गर्न समेत सफल भएका थिए l उनको यहि उदारणीय कार्यको साथमा उनको चर्चा समेत यस क्षेत्रमा चुलिएको थियो भने आफुलाई सक्षम प्रतिभावान कोरियोग्राफरको रुपमा स्थापित गराएका थिए l

त्यस पछिका बर्षहरुमा आफ्नो कामलाई निरन्तरता दिदै मिस टिन, लिटल मिस नेपाल, मिसेस नेपाल, मिसेस नेपाल इन्टरनेश्नल, मिस नेपाल आइकन, मिसेस नेपाल आइकन, नेपाल्स फेस अफ द ईयर, मिस टिन अफ द इयर, मिस टिन +२, मिसेस नेपाल टुरिजम, मिस टिन टुरिजम, लिटल मिस नेपाल आइकन, मिस टिन ग्याल्म,मिसेस नेपाल ग्याल्म, मिसेस नेपाल ग्राण्ड, मिसेस नेपाल एलीगेन्स, नेपाल सुपर मोडल कन्टेष्ट, मिस ग्यालेक्सी, मिस टिन युनिभर्सल लगायत अन्य धेरै राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा पहिलो संस्करण अर्थात स्थापना काल देखि अहिले सम्म गरि लगभग ३०० भन्दा बेसी सौन्दर्य प्रतियोगिता तथा दर्जनौ फेशन सो तथा डिजाइनर कन्टेष्टहरुमा आफ्नो कुशल कोरियोग्राफी दक्षता प्रदर्शन गरिसकेका छन् l

सौन्दर्य प्रतियोगिता तथा फेशन सो तथा अन्य कार्यक्रममा कोरियोग्राफीको रुपमा चर्चित, ब्यस्त तथा सर्बाधिक महंगा कोरियोग्राफरको रुपमा परिचित आश्विनी कान्त झाले राष्ट्रिय स्तरका दर्जनौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भुमिका समेत निर्बाह गरि सकेका छन् l विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सम्मान तथा अवार्ड समेत जित्न सफल आश्विनी झाले भर्खरै मात्र र्याम्पजोन एक्सिलेन्सि अवार्ड बेष्ट कोरियोग्राफरको सम्मान समेत हात पार्न सफल भएका थिए l इन्फिनिटि इन्टरटेनमेन्ट प्रालि सी इ ओ समेत रहेका आस्विनिले आफ्नै कम्पनि बाट मिस तराइ, परम्परा फेशन सो, संस्कृति सुपरमोडल सो, सुपर मोडल अफ द ईयर २०११ जस्ता सफल इभेन्टहरु समेत संचालन गरिसकेका छन् l

सर्लाही जिल्ला स्थायी घर भई काठमाडौँलाइ कर्मथलो बनाएका चर्चित मोडल तथा कोरियोग्राफर आश्विनी कान्त झा यस क्षेत्रको एक हस्तीको रुपमा मोडलिङ क्षेत्रमा परिचित छन् l

तपाईको प्रतिक्रिया