Thursday, 28th May 2020
28 May 2020

सिता श्रेष्ठको पहिलो लोकदोहोरी गीत“मनको रहर” कोे भिडियो सार्वजनिक

काठमान्डाँै, असार २४
नेपाली मौलिक भाकामा आधारित लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा एस वि एस म्युजिक प्रालीको प्रस्तुतीमा काभ्रे जिल्ला पाँचखाल वार्ड न ९ तिनपिप्लेमा आमा छलमाया श्रेष्ठ र बुवा राम बहादुर श्रेष्ठकी जेठी छोरी गायिका सिता श्रेष्ठको पहिलो लोकदोहोरी ”मनमा रहर ” युटुव मार्फत सार्बजनिक भएको छ ।“मनको रहर” बोलको यस गीतमा गायिका टिका पुनको कर्णप्रिय स्वर आवाज रहेको छ ।गीतमा सिता श्रेष्टको सर्वोकृष्ट शब्द तथा मौलिक लय सिर्जना रहेको छ । “मनको रहर” गीतको भिडियोमा नेपाली युवा युवतीले भोग्नुपरेको बाध्यता र पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफनो बास्तविक भोगाई ठानेर सम्पुर्ण नेपालीको पिडालाई गीत मार्फत ब्यक्त गर्न आफुले चाहेको सिताले बताइन । गीतको म्युजिक भिडियोलाई हरिष महराले छायाँकन गरेका हुन भने चेतन सागरले सम्पादन गरेका हुन । म्युजिक भिडियोमा साया भण्डारी , राम बहादुर श्रेष्ठ र छलमाया श्रेष्ठको अभिनय अभिनय देख्न सकिन्छ ।भिडियोलाई अनिल विष्ट प्युठानीले निर्देशन गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *