रोशन पोखरेल , काठमान्डाँै , असार २७
नेपाली सांगितिक क्षेत्रमा मौलिक भावहरु समेटिएका लोकदोहोरी कोशेली आउने क्रम जारी रहेको छ ।गायक सुवास बोगटी र गायिका लक्ष्मी परियारको आवाजमा “जन्म मृत्यु” डिजिटल बजारमा भखरै मात्र आएको छ ।
माया प्रेमको भावलाई रचनात्मक रुपमा समेटने प्रयास गरिएको छ । माया प्रेममा रहेका जोडिहरु आफनो माया अजम्वरी होस भन्ने चाहना राख्दछन । तर कतिपय अवस्थामा मायामा आउने विभिन्न अवरोधले गर्दा माया को कसिलो डोरीमा खटपट आउने गर्छ त्यही भावहरुलाई समेटेर गीत तयार गरिएको छ ।
युगस परियार र निकिता क्षेत्रीको शब्द तथा निरज पाल्पालीको संगितमा रहेको गितलाई आम दर्शकहरुले निकै मन पराउने अपेक्षा गरिएको छ । आशा खड्का र बुद्धविर थापा लगायतका कलाकारको अभिनय रहेको छ । भिडियोको छायाँकन मुकेश हुमागार्इँले गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका छन । “जन्म मृत्यु”को निर्देशन बविता श्रेष्ठले गरेकी छन ।
“ जन्म मृत्यु” को भिडियो हेर्न क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया