राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर अन्य कलाकारहरु जस्तै सिन्धुपाल्चोक जिल्ला कै सान बन्न सफल अमृत भारतीको जन्मभूमि प्रति लक्षित “मेरो प्यारो सिन्धुपाल्चोक” बोलको गीतको बिमोचन सम्पन्न भएको छ । लोकप्रिय गायक राम थापा शिशिर द्वारा संचालित कार्यक्रममा पुर्ब सूचना तथा संचार मन्त्रि अग्नि सापकोटा ज्यु को हात बाट सपन्न भएको उक्त गीतको बिमोचन कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा नै जन्मिएका बिभिन्न कलाकार तथा समाजसेबीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्नि सापकोटाले मैले बोलेको कुरा कुनै अपौचारिकता पुर्याउन मात्र नभई साँच्चै यस गीत संग सम्बन्धित कलाकार हरुले आफ्नो जन्म भुमि प्रति प्रसंनिय काम गरेको बताएका छन् । उनले आफु पनि सिन्धु पुत्र भएको कारण कुनै पनि तर्फबाट जिल्ला हितको काम गर्ने बताएका छन् । कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला मा नै जन्मिएर कलाकारिता तथा संचार क्षेत्रमा क्रियासिल रहँदै आएका बिभिन्न व्यक्तित्वहरु लाई पनि सम्मान गरिएको थियो ।

आन्तरिक पर्यटन प्रबर्धनको निमित्त र जिल्लालाई बिस्वभर परिचित गराउने उदेस्यका साथ तयार पारिएको यस गीतमा अमृत भारती को कर्णप्रिय स्वर रहेको छ भने शब्द अमृत भारती, संगीत अमृत भारती र रामकुमार नेपालीको रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक ढंगले तयार पारिएको छ । वास्तब मै देशमा भएको ब्यरोजगारी समस्यालाई केन्द्रित गर्दै आम परिवारले आफ्नो सन्तानलाई बैदेशिक रोजगारमा पठाउने परिपाटी पछिल्लो समयमा बढ्दो रहेको छ ।

तर एउटा सिक्षित सन्तानले आफ्नै देशमा रहेर जिल्ला हितको काम गरेर देखाउछु भन्ने जस्ता भावहरु समाबेश गरिएको यस गीतको म्युजिक भिडियोमा प्रज्वल, सोनिया, संजिव, अर्जुन रिना र सरिता लगाएतका कलाकारहरुको जिबन्त अभिनय देख्न सकिन्छ । “मेरो प्यारो सिन्धुपाल्चोक” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन लिगेश भट्टराईले गरेका हुन् भने सम्पादन मदन कास्यप घिमिरे र रामकृष्ण चौलागाईंले गरेका छन् । यस गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत बजारमा उपलब्ध गराइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया