यस्तो छ ए डिभिजन लिगको खेल तालिका, उद्घाटन खेलमा यी टोली भिड्ने
सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन्। खेल तालिका अनुसार कात्तिक २९ गते हुने उद्घाटन खेल हुने भएको हो ।
पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुने एन्फाले जनाएको छ। सातदोबाटोले ...