रामकृष्ण ढकाल र रानी शाक्यले ल्याए ‘चाहदिनँ हाँस्न म’ (भिडिओ)
गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ।
गायिका शाक्यको आफ्नै युट्युब च्यानलबाट शुक्रबार ‘चाहदिनँ हाँस्न म’ बोलको गीत सार्वजनिक गरिएको हो।
यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ।
जातका कार प्रेममा आउने अवरोधलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ। गीतको भिडिओमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परी शाक्यको अभिनय छ।
गीतको भिडिओलाई ...














