कृषीमा भौगोलिक वतावरण सुहाउँदो लगानी उपयुक्त्त

कृषीमा भौगोलिक वतावरण सुहाउँदो लगानी उपयुक्त्त
सुनसरी , माघ १ । सुनसरीका कृषहरुले मकै , पुष्प , सुपाडी , मरिच, अदुवा, धान र तरकारी खेती अनि पशुपंक्षी र माछा पालन व्यावसाय फस्टाउने भएकोले जिल्लाको भौगोलिक वतावरण अनुसार कृषी क्षेत्रमा लगानी गरेको कारणले मनग्य आम्दानी गरेका छन । कृषी कर्मबाट मनग्य मात्रामा आम्दानी गरेको उनीहरुल्ै बताएका छन । नगदेवालीको रुपमा रहेको टमाटर , काउली लगायतका तरकारीको उत्पादनबाट मनग्य मात्रामा स्वदेशमा नै आम्दानी...

ग्रिन टी एक सौन्दर्यमा फाईदा अनेक

ग्रिन टी एक सौन्दर्यमा फाईदा अनेक
ग्रिन टी तौल कम गर्न, उमेर बढाउन तथा तनाव कम गर्न उपयोगी मानिन्छ, तर छाला र केशका लागि पनि यसले विशेष काम गर्छ। ग्रिन टीमा अनेकौं विविधता पाइन्छ। यसमा एप्पल ग्रिन टी विशेष हुन्छ। एप्पल ग्रिन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ। ग्रिन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको रिंकल हटाउँछ। यसका लागि ग्रिन टीको पाउँचलाई पानीमा हालेर पाँच म...

यी खानेकुरा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

यी खानेकुरा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
तपाईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ । तपाईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन उपयोगी मानिन्छ। दहीमा भएको प्रोबायोटिक तत्वले खाना पचाउनमा मद्दत गर्छ । यसैग...

दशैँ आएको आभाष गराउने पाँच फिल्मी गीतहरु

दशैँ आएको आभाष गराउने पाँच फिल्मी गीतहरु
नेपालीहरुको महान चाड मध्ये एक हो, विजया दशमी अर्थात दशैं । जब दशैं आउँछ तब नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीत सर्वाधिक घन्किने गरेको छ । यो गीतले हरेक नेपालीलाई दशैं सम्झाउँछ, दशैं आएको अनुभूति गराउँछ । जब दशैं नजिकिँदै जान्छ तब घर-गाउँ, शहर-बजार जताततै यही गीतमात्र बज्ने गरेको छ । यो गीतलाई विस्थापित गर्ने अहिलेसम्म अरु दशैं गीत समेत बन्न सकेका छैनन् । यसपाली पनि घटस्थापनादेखि नै यो गीत सर...

किन हुन्छ मासिक श्रावमा गडबडी ?

किन हुन्छ मासिक श्रावमा गडबडी ?
एउटा निश्चित चक्रमा मासिक श्राव हुनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यद्यपि कतिपयको हकमा भने यस्तो हुँदैन । कहिले छिटो वा कहिले ढिलो मासिक स्राव हुन्छ । यसरी अनियमित मासिक श्राव हुनुमा एक मात्र कारण छैन । अनेक कारणले मासिक श्रावमा गडवडी हुन्छ । कतिपय अवस्थामा वायु प्रदूषणले पनि महिलाको मासिक श्राव गडवडी हुनसक्छ । वायुप्रदूषणले गर्दा हर्मोनमा परिवर्तन हुने र त्यसको असर महिनावरीमा देखिने चिकि...

पाककला : स्वादिलो र पोषिलो पनि

पाककला : स्वादिलो र पोषिलो पनि
खानाबाट आनन्द लिन, स्वादको अनुभव गर्न र स्वास्थ्य राम्रो बनाउन पाककला महत्वपूर्ण छ । सामान्य लाग्छ, तर पाककला हाम्रो स्वास्थ्य र स्वादसँग अभिन्न रुपमा जोडिएको विषय हो खाना पकाउनु आफैँमा एउटा कला हो । जसरी एउटा सुन्दर कलाकारको मेहनतले एउटा सुन्दर कलाकृतिको रचना हुन्छ, त्यसरी नै एउटा मेहनती गृहिणीले कलात्मक र मीठो खाना तयार पार्न सक्छिन् । खाना पकाउने कला केटामान्छे होस् या केटीमान्छे दुवैका लागि क...

आलु र केराउको अचार बनाउने तरिका

आलु र केराउको अचार बनाउने तरिका
आलु र केराउको अचार बनाउन चाहिने आवस्यक सामाग्रीहरm सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने आलु उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने २सय ५० ग्राम सानो केराउ एक रात भिजाएको १ सय मिलिलिटर तोरीको तेल ठूलो चम्चामा मेथीको दाना ५० ग्राम अमिलो (चुक, कागतीको रस वा भिनेगर स्वादअनुसार राख्ने) ५०ग्राम पिसेको तिल सानो चम्चाको १ चम्चा बेसार सानो चम्चाको १ चम्चा जिराको धूलो सानो चम्चाको १ चम्चा धनियाँको धूल...

तितेपातीबाट कृषक मालामाल बन्दै

तितेपातीबाट कृषक मालामाल बन्दै
पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए । उनले आगोबाट पानी तताई त्यसको बाफबाट मेशिनको प्रयोग गरी तीतेपातीको तेल निकाल्न थालिएको तर प्रविधिको सहयो...

धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा

धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा
एजेन्सी – चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, धेरै परिश्रम गर्ने एक व्यक्तिले दिनमा ३ देखि ४ वटा केरा खान सक्छ । तर, आवश्यकताभन्दा बढी केरा खाँदा...

शरीरमा हेमोग्लोबिनको मात्रा बढाउने काइदा

शरीरमा हेमोग्लोबिनको मात्रा बढाउने काइदा
काठमाडौं– स्वास्थ रहनका लागि शरीरमा हेमोग्लोबिनको स्तर ठीक हुनु अति आवश्यक छ । हेमोग्लोबिनको कमी हुँदा हामीले विभिन्न स्वास्थ्य समस्याहरुको सामना गर्नु पर्छ । विशेषगरी पुरुषको तुलनामा महिलाहरुमा हेमोग्लोबिनको कमी धेरै हुन्छ । शरीरमा आइरन र भिटामिन बीको कमी भयो भने हेमोग्लोबिनको स्तर कम हुन थाल्छ । हेमोग्लोबिनको कमी हुँदा कुन–कुन विरामीको खतरा हुन्छ ? केही जानकारी : हेमोग्लोबिनको...