अब गायिका अनु
नायिकाहरु गायिका बन्ने क्रम जारी छ । प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आर एल राणा, रेखा थापा, निरुता सिंह लगायत गायिका बनिसकेका छन् । तर, गायिकाहरुले गायन कलामा आफूलाई स्थापित गर्न भने सकेका छैनन् ।
अब, अर्की नायिका पनि गायिका बन्ने दौडमा लागेकी छिन् । चलचित्रमा असफल भएकी नायिका अनु शाहले एउटा गीतमा आवाज भरेकी छिन् । अनुले शान्तिप्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा तयार भए...













