तरुण नेता मनिष उप्रेती द्वारा घरबहाल छुट

तरुण नेता मनिष उप्रेती द्वारा घरबहाल छुट
काठमाडौँ - कोरोना भाइरसले मुलुकको अर्थतन्त्र संकटमा छ । सम्पूर्ण ब्यापार ब्यबसाय ठप्प भएको छ ।कोरोनाको संक्रमणको कारण नेपाल अहिले लकडाउनको अवस्थामा पुगेको छ । बजार सुनसान छ भने ब्यवासयी हतोत्साही बनिरहेका छन् । अझ दैनिक मजदुरी गर्ने ज्यालादारीहरु मारमा परेका छन् । यो बेला कोरोना भाइरससँग लड्दै र संकटका बेला एकले अर्कालाई साथ दिने अभियान चलिरहेका छन् । यहि संकट र महामारीको समयमा धादिङ धुनबेसी नगरपा...

स्वास्थ्य मन्त्रीज्यु, टेण्डर रद्ध गरेर पुग्दैन् । एक्सनमा उत्रिनुहोस् । दोषीलाई कारवाही होस् ।

स्वास्थ्य मन्त्रीज्यु, टेण्डर रद्ध गरेर पुग्दैन् । एक्सनमा उत्रिनुहोस् । दोषीलाई कारवाही होस् ।
भानुभक्त ढकाल शालीन स्वभाव र स्वच्छ छवि भएका कम्युनिष्ट नेताहरुमध्येका एक मानिन्छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा उनी विना कुनै पदको लालच र प्रतिष्ठाको आंकक्षा राखी निरन्तर खटिरहने कार्यकर्ता रुपमा परिचित छन् । नेपालको राजनीतिक वृतमा उनको धैयर्ता उद्दाहरणीय छन् । उनको बर्षौको तपस्था र घैयर्ताको फलस्वरुप आज उनी मन्त्री पदमा आसिन्न हुनुहुन्छ र स्वास्थ्य मन्त्रालयजस्तो महत्वपुर्ण मन्त्रालय हाँकिरहेक...

सङ्कटको घडीमा मानवअधिकारको सवाल – रसना ढकाल

सङ्कटको घडीमा मानवअधिकारको सवाल – रसना ढकाल
मूलुक लकडाउनमा छ । सबैले बुझेका छन् कि नेपाल सरकारको यो निर्णय रहर नभई बाध्यकारी हो । र, यस्तो स्थितिको सृजना कुनै राजनीतिक दलबाट भएको होइन, परिस्थितिजन्य अवस्थाले पैदा गरेको हो । तर, यो लकडाउनलाइ हामीले बुझन सकेका छैनौँ, त्यसैले त हाम्रा मानसपटलमा यसको विरुद्धमा मजाक र सरकारको आलोचना बाहेक केही आउँदैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन लकडाउन एक गतिलो माध्यम हो । एक महिनापहिले इटालीमा प...

भ्रस्टचार गर्न संकटमा सहज हुन्छ कि कसो-अभिनेता नवल खड्का

भ्रस्टचार गर्न संकटमा सहज हुन्छ कि कसो-अभिनेता नवल खड्का
काठमाडौँ - भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा, सम्बन्धित पिडितसम्म पुग्न सकेन बरू त्रिपालदेखि अन्य सामग्री मन्त्री र पहुँचवालाको कब्जामा पुगेको प्रष्ट नै छ । सरकार र आशेपासेले मात्रै भूकम्पको असली राहत प्राप्त गरे । आफूलाई मात्रै नभएर सात पुस्तालाई पुग्ने गरि । यसपटक यस्तै देखिदैंछ । हुन त अरूबेला पनि भष्टचार नभएको त कहाँ हो र ? लाउडा काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, यतिकाण्ड, ...

युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण

युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण
काठमाडौँ - नेपाली कांग्रेसका युवा नेता, महासमिति सदस्य, चलचित्र निर्माता तथा निर्देशक मदुकुमार श्रेष्ठले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) को चपेटामा परेर पिडित बनेका धादिङका करिब २५० घर परिवारलाइ खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरेका छन् । दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका तथा अति न्यून आय भएका पिछडिएका चेपाङ्ग र दलितहरुको पहिचान गरि उनले चामल, दाल, नुन ज...

भोलीको पञ्चाङ्ग एवम् राशिफल २० चैत २०७६ विहीबार, २ अप्रिल २०२०

आजको राशिफल मेष – दिन रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होल । मिठो भोजन खान पाउनुहुनेछ । आय वृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी उठ्ला । बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान प...

गायिका रोशनी पन्तको आवाजमा जय भोला भिडियो सहित ।

गायिका रोशनी पन्तको आवाजमा जय भोला भिडियो सहित  ।
काठमान्डाँै । नेपाली मौलिक लोक गीत संगीतका साथै विभिन्न कला र सस्कृतिलाई आम दर्शक तथा स्रोता मार्फमा गीत संगीत प्रस्तुत गरिरहेको न्यु अन्जना मिडिया प्रालीको प्रस्तुतीमा जय भोला गीतको भिडियो बजारमा आएको छ । हिन्दुहरुको सृष्टिकर्ता भगवान शिवको महिमा लाई भर्जनमा प्रस्तुत गरिएको छ । हिन्दुको आस्थाका देवतालाई आफुले उनको विरगाथालाई समेटेर गीत निकालिएको गायिका रोशन पन्तले बताइन । रोशनी पन्तको स्वर...

‘लकडाउन’ ले फिल्म प्राविधिकलाई छाक टार्नै समस्या

‘लकडाउन’ ले फिल्म प्राविधिकलाई छाक टार्नै समस्या
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण केही नेपालीमा समेत देखिएपछि सरकारले दोस्रो पटक ८ दिनका लागि ‘लकडाउन’ को अवधि लम्ब्याएको छ । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने भएपछि ज्याला मजदुरी गरेर परिवार पाल्नेलाई आर्थिक संकट उत्पन्न भएको छ । मजदुरी गर्नेहरुलाई बिहान बेलुका हात मुख जोर्न नै समस्या हुन थालेको छ । कोरोनाको त्रासले एक महिनायता नेपाली फिल्मको छायांकनदेखि प्रदर्शनसम्म स्थगि...

ब्रेकअपबारे खुलासा गरिन स्वराले

ब्रेकअपबारे खुलासा गरिन स्वराले
मुम्बई, चैत १९ । स्वरा भाष्करले गत वर्ष ब्वाईफ्रेन्ड लेखक हिमांशु शर्मासँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको एक वर्षपछि ‘वीरे दी वेडिङ’ अभिनेत्रीले आफ्नो ब्रेकअप हुनुको रहस्य खोलेकी छन् । स्वराले आफूहरूले एकअर्कालाई धोका नदिएको बताएकी छन् । आफूहरूको प्रेम यात्रा यहाँसम्मको मात्रै भएको र सल्लाहमै छुट्टिएको बताएकी छन् । ब्रेकअपको कथा सुनाउँदै उनले भनिन्, ‘सोच्नुहोस् कि एउटा पार्कमा दुईजना सँगै हि...

खेलकुदमा नेपाली खेलाडीले कायम गर्ने ‘कीर्तिमान’को महत्व कति ?

खेलकुदमा नेपाली खेलाडीले कायम गर्ने ‘कीर्तिमान’को महत्व कति ?
नेपालको परिप्रेक्ष्यमा खेलाडी बन्न जति सजिलो छ, उत्कृष्ट खेलाडी बन्न त्यति नै गाह्रो छ । अझ कीर्तिमानी खेलाडी बन्न त फलामकै चिउरा चपाउनु पर्छ । यस्तो अवस्थामा पनि नेपाली खेलाडीहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिस्तरका प्रतियोगिताहरूमा कीर्तिमान बनाउन सफल भएका छन्, जो नेपालकोे लागि गर्विलो इतिहास बनेका छन् । सीमित साधन–स्रोतका बाबजुद नेपाली खेलाडीले बनाएको कीर्तिमान आफैमा तारिफयोग्य छ । र, उचित प्रशिक्...