गजलकार अधिकारीलाई मातृशोक
पोखरा, असार १३ गते । गजलकार अनुराग अधिकारीलाई माृतशोक परेको छ । अधिकारीकी ८५ वर्षीया आमा बद्रीमाया अधिकारीको बिहीबार पोखरामा निधन भएको हो ।
अन्तिम अवस्थामा दम रोगका कारण समस्या देखिएपछि अधिकारीलाई पोखराको मेट्रोसिटी हस्पिटलमा लगिएकोमा उपचार हुँदा हुँदै अपरान्ह ३ः३० बजे अस्पतालले मृत्युको घोषणा गरेको थियो । दिवङ्गत अधिकारीका २ छोराहरु अनुराग (पिताम्बर) र दीननाथ छन् भने ६ छोरीमध्ये नारायणी सुव...












